Logo

निवर्तमान वडाध्यक्ष मगरद्वारा स्वर्गीय छोरीको सम्झनामा कराँते प्रतियोगिता ‍आयोजना



रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष चन्द्रबहादुर थापामगर (टलक)ले आफ्नी स्वर्गीय छोरी सेमिना थापामगरको सम्झनामा कराँते प्रतियोगिता आयोजना गर्ने भएका छन् ।

जापान कराँते डो नान्बुकाई सितेरियो कराँते संस्थाको आयोजनामा “स्वर्गीय सेमिना मगर मेमोरियर खुला कराँते प्रतियोगिता २०८१” सञ्चालन गर्न लागिएको हो । यही चैत्र २९ र ३० गते ललितपुरको सातदोबाटो कराँते हलमा प्रतियोगिता सञ्चालन गरिने जापान कराँते डो नान्बुकाई सितेरियो कराँते संस्थाका केन्द्रीय उपाध्यक्ष समेत रहेका दोरम्बा शैलुङ गाउँपालिका–४ का निवर्तमान वडाध्यक्ष थापामगरले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने पनि थापामगरले जानकारी दिए । उक्त कार्यक्रममा अतिथिका रुपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति रहने छ । निवर्तमान वडाध्यक्ष थापामगरको पहिलो सन्तानको रुपमा जन्म लिएकी सेमिना थापामगरको आजभन्दा १३ वर्षअघि १८ महिनाको उमेरमा निमोनियका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्