२३ भदौ, रामेछाप– गत साउन ३० गतेदेखि जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई १५ दिन हिरासतकै आइसोलेसनमा राख्न अदालतले आदेश दिएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष खड्कालाई कोरोना भाइसर संक्रमण पुष्टि भएपछि जिल्ला अदालत रामेछापले हिरासतकै आइसोलेसनमा राख्न आदेश दिएको हो । मंगलबार अदालतमा थुनछेकको बहस चलिरहेको बेला अध्यक्ष खड्कामा कोरोना संक्रमण पुष्टि भएसँगै थप १५ दिन हिरासतको आइसोलेशनमा राख्न आदेश दिएको हो ।
पालिका अध्यक्ष खड्का विरुद्ध जिल्ला अदालत रामेछापमा शरीर बन्धक, जबर्जस्ती करणी र ठगी गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।