टीकाप्रसाद भट्ट
पौष १४, रामेछाप । सानो बजार । बजारका अधिकांश घरमा सटर र ढोका लागेका । कुनै कुनै पसलका सटर खुलेका भएपनि व्यापार नगन्य । अचेल रामेछापको गाल्वा बजारमा देखिने सामान्य दृष्य यही हो ।
आइतवार बिहानदेखि गाल्वा बजारमा रहेको कपडा पसल खोलेर बसेका रेमबहादुर थापाले बेलुका घाम डुब्न लागेको बेलासम्म जम्मा जम्मी १ सय को व्यापार गरे । थापाको जस्तै पसल खोलर बसेका तर सामान बिक्री नभएका व्यवसायी अरु पनि थिए ।
कुनै बेला पश्चिमी रामेछापको व्यापारिक केन्द्रको रुपमा रहेको गाल्वा बिस्तारै सुनसान हुँदैछ । बजारमा रहेका झण्डै ३० वटा घरहरु मध्ये आधा जस्तो बन्द छन् । केहिले घर छोडेरै हिड्का छन् । केहि घर भूकम्पले घत्काएका भग्वावसेसकै रुपमा अझै उभिएकै छन् ।
गाल्वामा बजार बसेको धेरै भएको छैन् । २०३५ सालभन्दा अघि गाल्वा भञ्ज्याङ वस्तु चराउने चौर थियो । दिमी र खाँडादेवीको बिचको भञ्ज्याङ्ग पश्चिमी रामेछापका अरु गाविसमा पुग्ने मुख्य नाका थियो । त्यही नाकामा दिउँसो बसेर २०३५ साल तिर लेउमाया तामाङले नाङ्गलोमा बिडी, चकलेट लगायत बिक्री गर्न थालिन । बिहान र बेलुका पहेँलो घाममा भुत लाग्छ भनेर गाल्वामा कोही वस्दैनथे । सबै डराउथे । लेउमाया पनि घर जान्थिन ।
लेउमायाको व्यवसाय देखेर स्थानीय लोभन लामा र रामबहादुर लामा लोभिए । उनीहरुले छाप्रा हाले र व्यवसाय थाले । यो २०३६ साल तिरको कुरा हो । त्यसपछि नजिकैको गालिसानका कर्णबहादुर सिँजाली मगर भित्रिए गाल्वामा । २०३८ सालमा भित्रिएका कर्णबहादुर अहिले पनि गाल्वामै वसेर व्यवसाय गर्दै आएका छन् ।
‘पहिले जस्तो व्यवसाय छैन्’ स्थानीय प्रेमबहादुर थापामगर भन्छन् – २०६३ सालतिर पहिले पटक सडक आउदा र २०७२ सालको भुकम्प पछि मगग्यै व्यापार भयो । अहिले तर सवै हिड्न व्यापार छोडेर । मोटर बाटो जताततै पुगेपछि गाल्वामा सामान किन्नका लागि आसपासका मानिस मात्र पुग्छन् । होटल र चिया पसलमा केही व्यापार छ, तर किराना, कपडा र अन्य व्यवसाय चौपट रहेका उनले बताए ।
गाल्वा त्यसैपनि अस्थायी बजार हो । गाल्वा पहिले नापी भएको जग्गा हैन् । सरकारी सार्वजनिक जग्गामा बसेर व्यापार गर्नेहरुमाथि राज्यका आँखा कहिल्यै राम्रा भएनन् । ऐलानीमा बसेको भनेर खोट लगाउनेहरु त्यही गल्छिडो भएर हिड्थे ।
सरकारले बनाएको सुकुम्बासी समस्या समाधान आयोगले पनि गाल्वा बजारमा सबैलाई समान न्याय गरेन । केही घरलाई अव्यवस्थित बसोवासका नाममा घरले चर्चेको जग्गा नापजाँच गरेर पूर्जा दियो । कसैलाई दिएन । अझकल्टो पारेर छोडिदिए । गाल्वामा अहिले पक्कि घर हालेका ९ परिवारले २०५८ तिर लालपूर्जा समाए । त्यो सूचिमा नसमेटिएकाले त्यसपछिका यतिका बर्षमा पनि लालपूर्जा देख्न पाएनन् । सरकारी जग्गाको स्वामित्वमा ठुलो लगानी समेत गर्न पाएनन् ।
कान्छिमाया तामाङ २० बर्ष भयो गाल्वामा बसेकी । खाँडादेवीको चोप्राङ मुख्य घर भएकी कान्छिमायाले सटर हालेको एक तले पक्की घर बनाएकी छिन् । तर दर्ता छैन् । ‘हाम्रो दर्ता गरिदिएनन्, पैसा पनि दिएको हो’ उनले भनिन् । पैसा केका लागि र कसलाई दिएको भन्ने कुरा उनले खुट्याउन सकिनन् । सबैले पैसा उठाउँदा कान्छिमायाले पनि ४ हजार दिएकी थिइन् त्यसबेला । त्यो पैसा कता थयो पत्तो छ्र्रैन् ।
खाँडादेवीकै सुकमाया गाल्वामै बस्थिन । सानो घडेरी मिलेको थियो । त्यसैमा छाप्रा हालेर केही बर्ष गुजारेकी सुकमायालाई पहिलेकै थातथलोले बोलायो । चोप्राङ तर्फको पाखोबाट आइतबार मासु किन्न गाल्वामा पुगेकी सुकमायाले फेरि गाल्वा फर्कने आशा मारेकी छिन् । ‘घडेरी त छ तर त्यसमा अब आइदैन होला’ ७० बर्ष काटेकी सुकमायाले भनिन् – अरुहरु त उठ्दै गए, अब म के फर्कुला । ? । तर उनी आफ्नो घडेरी अझै रहेको र त्यसमा आफ्नो हक नछोड्ने दाबी गर्छिन् ।
गाल्वा बजार कसको हो भन्ने विषयमा केही बर्ष अघि सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकाको बिच लडाई थियो । तर गाल्वामा रहेका अव्यवस्थित बसोवासीहरुलाई लालपूर्जा दिलाउने कुरामा उनीहरुको लडाई कहिल्यै भएन । स्थानीय प्रशासनले बेला बेलामा ऐलानीमा बनेका घर टहरा भत्काउनका लागि निकाल्ने सूचनाले गाल्वाको ऐलानी जग्गामा घर हालेर बस्नेलाई झस्क्याउने गर्छ । ‘अब चाँहि भत्काउला जस्तो छ भनेर त्रासमा बसेको पनि यतिका बर्ष भए’ कान्छिमाया भन्छिन् – बसुन्जेल मेरो घडेरी र घर भनेका छौँ भत्कायो भने देखैजाला ।