Logo

चोरीको घाँस ल्याउँदै गर्दा अक्वा शैलुङ्ग पानीको गाडी स्थानीयले प्रहरीलाई बुझाए (भिडियो सहित)



रामेछाप– रामेछाप नगरपालिकाको बाबियाखर्ककबाट घाँस चोरेर ल्याउँदै गर्दा अक्वा शैलुङ्ग प्रशोधित पिउने पानीको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । थानापति बाख्रा पालन कृषक समूहद्धारा मन्थली नगरपालिकाको गाइखुरामा पालिएको बाख्राको लागि बाबियाखर्कबाट घाँस चोरेर ल्याउने क्रममा स्थानीयले गाडी नियन्त्रणमा लिएको हो ।
बिहानीपख स्थानीयको बारिमा रहेको डालेघाँस चोर्न थानापति बाख्रा पालन समूहका एक सञ्चालक अक्वा शैलुङ्ग प्रशोधित पिउने पानीको गाडी लिएर बाबियाखर्क पुगेका थिए । घाँस चोरि गरेको स्थानीयले थाहाँ पाएपछि घाँस चोरि गरेर हिडेको गाडीको पछिलाग्दै आएका थिए ।
बाबियाखर्चका तीन जना ब्यक्तिको बारिबाट डालेघाँस चोरि गरि ल्याएका थिए । चोेरेर ल्याएको घाँस थानापति बाख्रा पालक कृषक समूहले बाख्रा पालन ब्यवसाय गरेकोे मन्थलीस्थित गाइखुरामा रहेको फार्म नजिक पु¥याएपछि स्थानीयले घाँस बोकेको गाडी नियन्त्रणमा लिएका थिए ।


घाँस चोर पत्ता लगाउन बाबियाखर्कदेखि आपूmहरु पछि लागेको र मन्थलीको गाइखुरामा आइपुगेपछि चोर पत्ता लागेको बाबियाखर्कका स्थानीय गोविन्दबहादुर कार्कीले बताए । यसअघि पनि पटक–पटक बारीको घाँस चोरी भएको तर आपूmहरुले चोर पत्ता लगाउन नसकेकोमा यस पटक भने चोर पत्ता लागेको उनले बताए ।
घाँस चोरि भएको हल्ला भएपछि बारिमा गएर हेर्दा पट्मिरो र इपिलको घाँस चोरी भएको पाइएपछि आपूmहरु घाँस चोरि गरेर हिडेको गाडीको पछि लागेको प्रकाश घिमिरेले बताए । थानापति बाख्रा पालन फार्मका सञ्चालकले आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्