Logo

चौरजहारी हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै माइतीघरमा प्रदर्शन



१७ जेठ, काठमाडौँ– रुकुमको चौरजहारी हत्याकाण्डका दोषीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ ।
दोषिलाई उन्मुक्ति दिने खोजेको भन्दै काँग्रेस पाठशालाको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य रत्नहरि ढुंगेलले जानकारी दिए ।
प्रदर्शकारीहरुले रुकुम चौरजहारी हत्याकाण्डका दोषीहरुलाई कानुनी कारबाहीको माग गरेका माग गरेका छन् । प्रदर्शनलाई नेपाल विद्यार्थी संघका महामन्त्री वलदेव तिमल्सिना र युवराज पाण्डेले सम्बोधन गरेका थिए ।


सरकारले दोषिलाई कानूनी कठघरमा उभ्याएर पीडितलाई न्याय नदिएसम्म खबरदारी गरिरहँने उनीहरुको भनाई छ । न्यायको लडाई निरन्तर रहने समेत उनीहरुले बताएका छन् । प्रदर्शनमा नेपाल विद्यार्थी संघ एवं दलित विद्यार्थी संघका नेताहरुको पनि उपस्थिति रहेको थियो ।
गत शनिबार प्रेमिका लिन १८ जन साथीहरु लिए गएका जाजरकोटका नवराज विकसहितको टोलीलाई रुकुमको चौरजहारीस्थित सोतीका गाउँलेहरुको आक्रमणमा गर्दा नवराजसहित पाँचजनाको मृत्यु भएको थियो । एक जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्