Logo

जनप्रतिनिध र विद्यार्थीबिच शैक्षिक सम्वाद



रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले जनप्रतिनिधि र विद्यार्थीबिच शैक्षिक सम्वाद कार्यक्रम गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मन्थली नगर कमिटीको आयोजनामा सोमवार जनप्रतिनिधि र विद्यार्थीबिच शैक्षिक सम्वाद कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मन्थली नगरपालिकाभित्र सञ्चालित विद्यालयका विद्यार्थी र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतबिच नगरपालिकाको शैक्षिक क्षेत्रको विकासबारे अन्तरसंवाद गरिएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले नगरपालिका भित्र रहेका शैक्षिक संस्थाका समस्याहरुको बारेमा नगर प्रमुख र उपप्रमुखलाई जानकारी गराएका थिए । विद्यार्थीहरुले दर्साएको समस्या सुनेपछि नगरपालिका प्रमुख लब श्रेष्ठले सामान्य तथा सम्भव हुने सबै समस्याको तत्काल समाधानका लागि आवश्यक कदम चाल्दै सम्बन्धित निकायमा पत्राचार गर्ने प्रतिबद्धता जनाएका छन् ।

विद्यार्थीहरूलाई जनप्रतिनिधिसँग प्रश्न गर्ने र जवाफ खोज्ने अवसर प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु मन्थली नगर कमिटीका अध्यक्ष उत्सव केसीले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिक, जिल्ला बार एसोसिएसन रामेछापका अध्यक्ष पाण्डव प्रसाईँ, अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराई लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम अनेरास्ववियु मन्थली नगर कमिटीका अध्यक्ष उत्सव केसीको अध्यक्षता र सङ्गटनका स्थायी कमिटी सदस्य तथा प्रकाशन विभाग प्रमुख सागरहरि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्