Logo

तल्लो लिखु जलविद्युत आयोजना र स्थानीयबीच ४ बुँदे समझदारी



Share this

रामेछाप– रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं. २ र ४ मा सञ्चालिन तल्लो लिखु जलविद्युत आयोजना र स्थानीयबीच चार बँुदे समझदारी भएको छ ।
आयोजनाका प्रतिनिधि र स्थानीय सरोकारवालाबीच भएको बार्तापछि शनिबार राति चार बुँदे समझदारी भएको हो ।
दुई पक्षीय बार्ताबाट लिखु तामाकोशी गाउँपालिका–४ सिसन्दुमा आयोजनाले अस्पताल बनाई दिने, आई.ई.ई. प्रतिवेदनमा उल्लेख भएका शर्तहरु कार्यान्वयन गर्ने, स्थानीय र आयोजनाबीच समन्वय गरि परियोजनाको कामलाई सूचारु गर्ने समझ्दारी भएको स्थानीय प्रदीप राउतले जानकारी दिए ।
त्यसैगरी आई.ई.ई. प्रतिवेदन अनुसार आयोजनाको तर्फबाट प्रभावित स्थानीलाई गर्ने अन्य सहयोगको बारेमा स्थानीय सरकार, सरोकारवाला र स्थानीयबीचको समझदारीमा अगाडि बढ्ने सहमति भएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफ्ना मागहरुको विषयलाई लिएर आगामी माघ १२ गतेको लागि आयोजना गरेको पूर्वनिर्धारीत कार्यक्रम अघिनै स्थानीय सरकार र सरोकारवालासँग आयोजनाले स्थानीयको लागि गर्ने सम्पूर्ण सहयोगको बारेमा छलफल गरि निष्कर्षमा पुग्ने समझदारी समेत भएको स्थानीयले बताएका छन् ।
आगामी माघ १२ गते हुने आयोजना प्रभावितको भेलामा आई.ई.ई. प्रतिवेदन सार्वजनिक गर्ने, आयोजनाले स्थानीयको लागि गर्ने सहयोगका कार्यक्रमहरु पनि सोही भेलाबाट अनुमोदन गर्ने समझ्दारी भएको हो ।
आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको खिलापमा स्थानीयको मागको सुनुवाई नै नगरि एकलौटी रुपमा परियोजनाको काम अगाडि बढाएको स्थानीयको गुनासो आएपछि मिडियाकर्मीहरु आयोजना निर्माण क्षेत्रमा पुगेर त्यहाँको यथार्थ बस्तुस्थितिबारे रिपोटिङ्ग गरेका थिए ।
आयोजनाले स्थानीयमाथि देखाएको दादागिरीका समाचारहरु मिडियामा आएपछि स्थानीयबासी र स्थानीय सरकार समेत केही होइन भन्ने सोच राखेर अगाडि बढेको तल्लो लिखु जलविद्युत आयोजना स्थानीयबासीसँग बार्ता गर्न बाध्य भएको थियो ।
आयोजना र स्थानीयबीच भएको बार्ताबाट स्थानीयको माग संवोधन गरि आयोजनाको काम सञ्चालन गर्ने समझदारी भएको हो ।
आयोजनाको प्रतिनिधि र स्थानीयबीच चार बुँदे समझदारी भएपछि १ हप्तादेखि बन्द रहेको आयोजनाको काम पनि सुचारु भएको छ ।

Share this
प्रतिक्रिया दिनुहोस्