Logo

तारा एयरको विमान दुर्घटना, मानवीय क्षति हुनबाट जोगियो



रामेछापः सदरमुकाममा रहेको मन्थली एयरपोर्टमा तारा एयरको विमान दुर्घटना भएको छ । तारा एयरको ढल्ब्प्प् जोर्डिएर विमान मन्थली विमान स्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा मानवीय क्षति हुनबाट भने जोगिएको छ ।
काठमाडौंबाट १४ जना विदेशी पर्यटक बोकेर सोलुखुम्वुको लुक्ला उडेको विमान मौसम खराविको कारण लुक्लामा अवतरण हुन नसकेपछि मन्थली विमानस्थलमा अवतरणको लागि फर्किएको थियो ।


विमानमा सवार यात्रुहरु र चालक दलका सदस्यहरु सबै सकुसल रहेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए ।
विमान धावन मार्गमा आइपुग्नु भन्दा करिब एक किलोमिटर परदेखि नै असन्तुलित रुपमा आएको प्रत्यक्षदर्शी स्थानीय युवराज श्रेष्ठको बताए ।
धावन मार्गबाट करिब ६० मिटरको दुरुमा रहेको कृषकको तरकारी बारीमा थांग्रोको रुपमा गाडिएको सिमेन्टको पिलरमा ठोएिकपछि विमान बढि असन्तुलीत भएको प्रत्यक्षदर्शीको भनाई छ ।


विमानको आगाडिको टायरले ठोक्किए कृषको तरकारी बारीमा गाडिएको ९ वटा पिलर भाँच्दै विमास धावन मार्गमा प्रवेश गरेको थियो ।
विमानको हाइड्रोलिक फेल भएर ब्रेक नलागेपछि दुर्घटना भएको श्रोतले बताएको छ । दुर्घटनावाट विमानको अगाडिको भागमा क्षति पुगेको छ ।
विमान दुर्घटनापछि मन्थलीबाट सोलुखुम्वुको लागि हुने सबै उडान बन्द गरिएको छ । समाचार संकलनको लागि विमान स्थलमा प्रवेश गर्न पत्रकारलाई समेत रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्