Logo

दीगो विकास महिला शसक्तिकरण र सुशासनको लागि मेरो उम्मेदवारीः सुनुवार



 २९ कार्तिक, रामेछाप–उमाकुण्ड गाउँपालिका–५ मा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवारी दिएकी सावित्री सुनुवारले दीगो विकास, महिला सशक्तिकरण र सुशासनको लागि आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा आपूm वडा अध्यक्ष पदमा विजयी भएमा स्थानीय जनताको माग र आवश्यकताको आधारमा विकास निर्माणलाई अगाडि बढाउने र वडाको समृद्धिको लागि आपूm लागिपर्ने सुनुवारले बताइन ।
विगतमा ४ वर्षसम्म प्रितीमै सामाजिक परिचालिका भएर स्थानीयको हितमा काम गरेकाले आपूmलाई जनताले मतदान गरेर विजयी गराउँने पनि उनले दावि गरिन । मैले चार वर्ष यही प्रितीमा सामाजिक परिचालिका भएर काम गर्ने क्रममा म कस्तो, मानिस र कस्तो काम गर्छ भन्न स्थानीले बुझिसकेकाले जनताले मलाई विजयी गराउनेमा ढुक्क छु उनले भनिन् ।
आपूm वडा अध्यक्षमा निर्वाचित भएमा भ्रष्टाचारको अन्त्य गरेर सुशासन कायम गर्ने पनि उम्मेदवार सुनुवारले बताइन । आफ्नो प्रतिपस्र्धी पुरुष भएको र कार्यवाहक वडा अध्यक्ष समेत चलाई सकेको ब्यक्ति भएकाले केही चुनौती भने रहेको बताइन । आपूm महिला भएकाले केही चुनौती भए पनि निर्वाचनमा भने आपूm विजयी हुने बताइन ।
आगामी मंसिर १४ गते हुने वडाध्यक्ष पदको उप निवाचनका लागि चार राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको छ । वडाध्यक्ष पदको लागि नेकपाबाट कार्यवहाक वडा अध्यक्ष समेत चलाइसकेका कुलबहादुर बस्नेत, नेपाली काँग्रेसबाट सावित्री सुनुवार, समाजवादी पार्टी नेपालबाट राजकुमार सुनुवार र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट हर्कबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
१ हजार ७ सय ४८ मतदाता रहेको सो वडामा नेपाली काँग्रेस र नेकपाको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्