रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ का सह–इञ्चार्ज हितबहादुर तामाङले राजाले गणतन्त्र विरोधी गतिविधि गरे नागार्जुनबाट मात्र नभई देशबाटै निकाला गर्ने चेतावनी दिएका छन् । राजाले गणतन्त्र विरोधी हर्कत गरेमा राजनीतिक शक्ति सन्तुलनको आधारमा नेपाली जनताले तत्कालीन राजालाई दिएको स्थानबाट समेत लखेट्ने उनले चेतावनी दिएका हुन् ।
परिवर्तनपछि जनताले आपेक्षा गरे अनुसारको आधिकार आइनसकेको पनि नेता तामाङले बताए । हामीले जनयुद्ध गरेको यतिको लागिमात्र होइन, हामीले चाहे जति परिवर्तन अझै आइसकेको छैन नेता तामाङले भने । उनले भने– आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै जनताको बलिदानबाट बनेको संविधानको कार्यान्वयन गर्दै अगाढि बढ्न चाहन्छौ ।
अझै पनि नेपालमा नोकरशाही तानाशाहीको उत्पीडन र दमन कायमै रहेको पनि उनले बताए । सामाजिक, राजनीतिक, साँस्कति र आर्थिक रुपमा समान्तवादको अवशेषहरु कायमै रहेको भन्दै यसलाई पूर्णरुपमा अन्त्य गरे नेकपा आगाडि बढ्न चाहेको बताए ।
प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा वैदेशिक हस्तक्षेप अहिले पनि कायमै रहेको नेता तामाङको भनाई छ । वैदेशिक हस्तक्षेपलाई पूर्णरुपमा अन्त्य गरेर नेकपा आगाडि बढ्न चाहेको नेता तामाङले बताए ।
१६ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा आयोजना गरिएको आमसभालाई संवोधन गर्दै उनले यस्तो बताएका छन् । शहीदको सपनालाई पार्टीले साकार पारेरै छोड्ने बताउँदै शहीद परिवारलाई धैरै गर्न पनि नेता तामाङले अनुरोध गरे ।
त्यसैगरी नेकपा प्रदेश नम्बर ३ का सचिव आनन्दप्रसाद पोखरेलले शहीद परिवारका बालबच्चाको पठनपाठको लागि सरकार मार्फत ब्यवस्था मिलाउने बताएका छन् । शहीद परिवारलाई सहयोग गर्न गाउँपालिकालाई आग्रह गर्दै प्रदेश सरकार र संघीय सरकारबाट गर्नुपर्ने सहयोगको लागि तत्कालै प्रपोजल बनाएर प्रदेश नम्बर ३ पार्टीमा पेश गर्न पनि नेता पोखरेलले जिल्ला पार्टीलाई निर्देशन दिए ।
दोरम्बाको डाँडाकेटरमा हत्या गरिएका २१ जनाको समाधिस्थलमा निर्माण गरिएको अर्धकदको शालिक पनि १६ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस पारेर अनावरण गरिएको छ ।
शालिक अनावरण कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट दोरम्बा आउने तय भए पनि मौसम खराविको कारण प्रचण्ड आउँन नसकेपछि कार्यक्रमका विशेष अतिथि हितबहादुर तामाङद्धारा शालिक अनावरण गरिएको हो ।
२०६० साल श्रावण ३२ गते तत्कालिन रामेछाप जिल्ला ईञ्चार्ज हरिप्रसाद दाहाल ‘ललित’ र सेक्रेटरी मैनकुमार मोक्तान ‘मदन’ त्यसैगरी तत्कालीन जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ (पुष्प) लगायत जिल्ला समिति तथा एरिया स्तरका २१ जना नेता कार्यकर्ताहरुलाई कब्जामा लिएर तत्कालीन शाही नेपाली सेनाले गोली हानी हत्या गरेका थिए ।
माओवादी नेता कार्यकर्ताहरु बैठक बसिरहेको भन्ने सूचनाको आधारमा तत्कालीन शाही सेनाका मेजर राममणी पोखरेलको नेतृत्वमा युवराज मोक्ताको घरमा पुगेका शाही नेपाली सेनाले घर घेराहाले फाइरिङ्ग गरेपछि तत्काली जिल्ला इञ्चार्ज हरि दाहाल ‘ललित’ त्यसैगरी जिल्ला सेक्रेटरी मदन सहित, राजन पौडेल, रामकुमार मगर, उदय मगर, मोहोन, समीर चौहान, मनोज, लागगयत ११ जना नेता कार्यकर्ताहरु सेनाको घेरा तोडी बाहिर निस्कन सफल भएका थिए ।
तत्काली जनसरकार प्रमुख बाबुरामा लामा (पुष्प) लगायत २१ जना नेता तथा कार्यकर्ताहरुलाई भने सेनाले नियन्त्रणमा लिएर हात पछाडि बाँधि एकघण्टा टाढा डाँडाकेटेरीमा पु¥याएर दिनको १ बजे लाइन लगाएर पालैपालो गोली हानी हत्या गरेका थिए । दोरम्बा हत्याकाण्डमा तत्कालीन शाही नेपाली सेना दोषी भएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टि इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सरकारलाई सिफारिस समेत गरेको थियो ।