रामेछाप–पूर्व सांसद तथा नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेलले नेपालको सविधान २०७२ उत्कृष्ट संविधान भएको बताए । वर्तमान संविधान अहिलेसम्मकै उत्कृष्ट संविधान भएको भन्दै यसको कार्यान्वयनमा सबै लाग्नु पर्ने बताए । चौथो संविधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । संविधान कार्यान्वयका क्रममा केही कमीकम्जोरीहरु भेटिए त्यसलाई सच्चाउँदै अगाडि बढ्नु पर्ने पौडेलको भनाई छ ।
त्यस्तै संविधानसभा सदस्य तारानारायण श्रेष्ठले नेपालको संविधान २०७२ सबैको साझा दस्तावेज भएको बताए । केही शक्तिले नेपालको संविधान उचित छैन भनि उछितो काढ्दै हिड्ने गरेको श्रेष्ठले बताए । तर, नेपालको संविधान २०७२ यो धर्तिमा निर्माण भएको संविधानहरु मध्य अग्रगामी संविधान भएको श्रेष्ठले दावि गरे । २००७ सालदेखि उठेको संविधान सभालाई साकार पार्न जनताले धेरै ठूलो त्याग र बलिदान गर्नु परेको उनले बताए ।
संविधानसभाको कुरा उठाउँमा जेल जानुपर्ने अवस्थामा पनि नेपाली जनताको नेतृत्वको गर्ने नेतृत्वले शाहसपूर्वक संविधानसभाको पक्षमा लडिरहेका कारण संविधानसभाबाट संविधान जारी गर्न सम्भव भएको सदस्य श्रेष्ठले बताए ।
संविधान सभाबाट संविधान घोषणा गर्ने बेलामा संविधान घोषणा गर्न चाहने र नचाहने शक्तिको बीच ठूलो संघर्षभयो, संविधान निकै पेचिलो संघर्षको बीचबाट जारी गरिएको हो श्रेष्ठले भने । अहिलेको संविधान राम्रो भएको बताउँदै संविधान राम्रो भएर मात्रै पनि नहुने उनले बताए । संविधालाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएकाले संविधान कार्यान्वयमा संबै लाग्नु पर्ने उनले बताए ।
पछिल्लो पटक जनप्रतिनिधिमाथि दवाव बढेको भन्दै जनताले दिएकोे म्याण्डेट विपरीतक काम नगर्न जनप्रतिनिधिलाई पनि उनले सुझाए । संविधान कार्यान्वयनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेकाले संविधान कार्यान्वयमा दृढतापूर्वक लाग्न पनि उनले आग्रह गरे । संविधान दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रम अघि मन्थलीस्थित देवकोटा चोकमा झण्डोत्तलन कार्यक्रम गरिएको थियो । संविधान सभा सदस्य श्रेष्ठले झण्डोत्तलन गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद शान्तिप्रसाद पौडेल, मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे तथा राजनीतिक दलका नेताहरुले संविधान दिवसको अवसरमा शुभाकामना मन्तब्य ब्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रम अघि संविधान दिवसको अवसरमा ¥याली निकालिएको थियो । मन्थलीस्थित शहीद स्मृति बहुमुखी क्याम्पसको प्राङ्गणबाट सुरु भएको ¥याली मन्थली बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको प्राङ्गणमा गएर औचापरिक कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा स्थानीयको भब्य उपस्थित रहेको थियो ।