२१ कार्तिक, रामेछाप– रामेछाप जिल्लाबाट सञ्चालीत सञ्चार माध्यमहरुमा “श्रमजीवि पत्रकार ऐन २०५१ र न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्थाको बारेमा अन्तक्रिया कार्यक्रम गरिएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति र सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं. ३ ले जिल्लाका सञ्चार माध्यमहरुमा न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्था र स्थानीय सञ्चार मध्यम र पत्रकारहरुलाई कसरी टिकाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको हो । स्थानीय सञ्चार माध्यमहरुलाई कसरी दीगो र ब्यवस्थित बनाउन सकिन्छ भन्ने विषमा जिल्लाका स्थानीय निकाय र पत्रकार तथा सञ्चार मध्यम सञ्चालकहरुलाई एकै ठाउँमा राखेर अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकार प्रमुख तथा जनप्रतिनिधिहरुले सञ्चार मध्यममा नकारात्मक कुराहरुमात्र धेरै लेख्ने गरेको गुनासो गरेका थिए । सञ्चार मध्यमको दीगोपना र पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको भन्दै स्थानीय सरकारले गरेको राम्रा कामहरु पनि मिडियामा ल्याइदिन पत्रकारहरुलाई आग्रह गरेका थिए । पत्रकारहरुले पूर्वाग्रही भएर समाचार लेखेको जनप्रतिनिहरुले आरोप समेत लगाए ।
स्थानीय सञ्चार मध्यमहरु संकटमा रहेको भन्दै स्थानीय सञ्चार मध्यमलाई टिकाउनको लागि खरिद ऐन संशोधन गरेर विज्ञापनहरु स्थानीय सञ्चार माध्यमहरु मार्फत नै प्रसारण र प्रकाशन गराउनु पर्ने बताएका छन् । खरिद ऐनमा २० हजार रुपैयाँ भन्दा बढी मूल्यको सामग्री खरिद गर्नु परेमा राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्ने ब्यवस्था गरेको छ ।
२० हजार भन्दा बढी मूल्यको सामान खरिदको लागि विज्ञापन राष्ट्रि छापमा प्रकाशन गर्नुपर्ने ऐनको कारण स्थानीय मिडियाहरुमा विज्ञपन कम आउने भएकोले स्थानीय सञ्चार माध्यमहरु आर्थिक संकटमा रहेको मिडिया सञ्चालकहरुको भनाई छ ।
राष्ट्रिय स्तरको छापामा प्रकाशित हुने विज्ञानहरु पनि कमिशनको लोभमा स्थानीय सरकारले एजेन्सिमार्फत पठाउँमा राष्ट्रिय मिडियामा काम गर्ने पत्रकारहरु टिक्न सक्ने अवस्थामा नरहेको पत्रकारको गुनासो छ । छलफलमा सहभागि पत्रकारहरुले स्थानीय मिडियालाई दीगो बनाउन र प्रवद्र्धन गर्नको लागि विज्ञापन एजेन्सिहरु खारेज गर्नुपर्ने र खरिद ऐन संशोधन गरेर सबै खालका विज्ञान स्थानीय सञ्चार मध्यहरुबाटै प्रसारण प्रकाशन गर्ने ब्यवस्था मिलाउनु पर्ने समेत माग गरेका थिए ।
प्रदेश नम्बर ३ का सांसद शान्तिप्रसाद पौडेको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत, खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष गंगाधर पराजुली, सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं ३ का रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ प्रदेश नं ३ का उपाध्यक्ष यदुनाथ गौतम, पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ लगायतले स्थानीय सञ्चार मध्यमलाई कसरी दीगो र ब्यवस्थित बनाउन सकिन्छ भन्ने विषमा धारणा राखेका थिए ।