Logo

फाष्टफुड एसोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ



काठमाडौँ- फाष्टफुड एसोसिएसन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ चयन भएका छन् । पौष २९ गते होटेल एवान भेन्यू कोटेश्वर काठमाडौँमा सम्पन्न भएको फाष्टफुड एसोसियसन नेपालको आठौँ केन्द्रीय अधिवेशन तथा २० औँ साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रामकाजी भन्डारी, नवीन श्रेष्ठ, महासचिव राकेश श्रेष्ठ, सचिव भिमप्रसाद आरण, सचिव कुमार भण्डारी र कोषाध्यक्षमा टेकबहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रविन्द्र भण्डारी, गोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सुभाष श्रेष्ठ, महेन्द्र श्रेष्ठ र तुलसी श्रेष्ठ चयन भएका छन् । समितिका पदाधिकारी तथा सदस्यहरु सबै सर्वसम्मतिमा चुनिएका हुन् ।


काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको विशिष्ट अतिथिमा बागमती प्रदेशसभा सदस्य सुनिल केसी रहेका थिए । त्यसैगरी अन्य अतिथिहरुमा रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, रेवानका अध्यक्ष बिनायक साह, सिटिइभिटिका निर्देशक शैलेन्द्र आचार्य, इभा नेपालको बरिष्ठ उपाध्यक्ष शिवभक्त रन्जित, प्राज्ञ डा. देवी नेपाल लगायतस स्थाका प्रतिनिधि संस्थापक अध्यक्ष पूर्वअध्यक्ष तथा सल्लाहकार रहेका थिए ।

फाष्टफुड एसोसिएसन नेपालका अध्यक्ष राजकुमार श्रेष्ठ (राजु) को अध्यक्षता तथा महासचिव प्रेमबहादुर श्रेष्ठ र गायिका तथा सञ्चालिका शोभा त्रीपाठीले कार्यक्रमको सञ्चालन गरेका थिए ।


संस्थाको साधारणसभा तथा अधिवेशनको अवसरमा संस्थाद्धारा प्रकाशित स्मारिका “फास्ट फ्यान शन्देश” बिमोचन गर्नुका साथै सस्थाको भवन निर्माणमा सहयोग गर्ने सहयोगीदाताहरुको सिलालेख अनावरण समेत गरिएको छ । कार्यक्रममा सस्थाको गतिविधि विगतदेखि वर्तमानसम्मको श्रब्यदृस्य डकुमेन्ट्री समेत बिमोचन गरिएको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष होमराज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विभिन्न प्रतिष्ठित ब्यक्तित्व तथा संस्थालाई माया गर्ने श्रष्टाहरुलाई पनि समान गरिएको थियो । अधिवेशनले संस्थाको भावी कार्ययोजना समेत तय गरेको अध्यक्ष श्रेष्ठले बताए । उक्त कार्यक्रममा उद्यमी, ब्यवसायी शुभचिन्तक, सुभेक्षुक, पत्रकार तथा विभिन्न कम्पनीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्