रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले जिल्लाको बाख्रा जोन क्षेत्रका कृषकहरुलाई पुशनश्ल सुधार तथा उत्पादन बृद्धि कार्यक्रम अन्तर्गत बोयर क्रस बोका तथा पाठीहरु वितरण गरेको छ ।
मन्थली नगरपालिका, सुनापति र खाँडादेवि गाउँपालिकाका १८ वटा वडाहरु जिल्लाको बाख्रा जोनको रुपमा रहेका छन् । पशुनश्ल सुधार गरि राम्रो उत्पादन गर्न सकिने भएकाले बाख्रामा राम्रो उत्पादनको लागि बोयर क्रस जातको बोका तथा पाठीहरु कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख बरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले बताए ।
रामेछाप जिल्लामा अहिले अन्य जिल्लाहरुबाट बोकाहरु ल्यानुपर्ने अवस्था रहेको भन्दै आगामी वर्षमा रामेछापको कृषकहरुले अन्य जिल्लाको लागि बोका तथा पाठीहरु बिक्री गर्न सक्ने बनाउनु परियोजनाको उद्देश्य रहेको लम्सालले बताए । कृषकहरुले बोयर क्रस बोका तथा पाठीहरु उत्पादन गरि आर्थिक आयआर्जमा बृद्धि गर्नुका साथै राज्यको उद्देश्य पनि पूरा हुनेमा कार्यालय प्रमुख लम्सालले विश्वास ब्यक्त गरे ।
परियोजनाले टेन्डर प्रक्रियाबाट सनौलो बाख्रा पालन फार्म मार्फत बोका तथा पाठीहरु झिकाएर कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । चालू आर्थिक वर्षमा तीन चरण गरि परियोजनाले रामेछाप जिल्लाको बाख्रा जोनका कृषकहरुलाई बोका तथा पाठीहरु गरि ८२ वटा वितरण गरिसकेको छ ।
पहिलो चरणमा २१ वटा बोका ११ वटा पाठी, दोश्रो चरणमा १७ वटा बोका ११ वटा पाठी र तेश्रो चरणमा १५ वटा बोका र ६ वटा पाठी वितरण गरेको हो । कृषकको मागको आधारमा बोका तथा पाठीहरु वितरण गर्ने गरिएको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना अन्तर्गत बाख्रा जोन क्षेत्र सञ्चालक समितिका संयोजक भिमकुमार श्रेष्ठले बताए ।
मागको आधारमा कृषको घरमा पुगेर बाख्रा पालक कृष हो कि हैन भन्ने पहिचान गरेर मात्रै बोका तथा पाठी वितरण गरिने उनको भनाई छ । बाख्रा पालक कृषले बोका पाउँनको लागि ब्यवासयिक बनिसकेको बाख्रा फार्ममा कम्ती २५ वटा माऊ हुनुपर्ने र ब्यवसाय सुरु गरेका र विस्तार गर्ने क्रममा रहेको बाख्रा पालक कृषकको मार्फमा १५ वटा माऊ बाख्रा हुनेपर्ने संयोजक श्रेष्ठले जानकारी दिए । अनुगमनको क्रममा यस अघि वितरण गरिएको बोका तथा पाठीहरुबाट गुणस्तरीय पाठा÷पाठी उत्पादन भएको पाइएको पनि उनले बताए ।