सन्तोष ढुङ्गेल
रामेछाप- मयूर यातायाताले बिहीबारदेखि रामेछाप, दोलखा र ओखलङ्गामा पनि सेवा सञ्चालन गर्ने भएको छ ।
काठमाडौं बाहिर यातायात सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएको र बिहीबारदेखि सेवा सञ्चालन गरिने मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
काठमाडौं बाहिर सेवा विस्तारको तयारी पूरा भएसँगै टिकट पनि भोलिदेखि खुल्ने बताइएको छ ।
राजधानीमा मात्र सेवा दिँदै आएको मयूरले अब दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, दाङ लगायतका स्थानमा सेवा विस्तार गर्ने भएको हो । ओखलढुङ्गामा भने केही दिनअघि नै सञ्चालनमा आइसकेको थियो ।
श्रेष्ठका अनुसार मन्थली, सालु देउराली, साँघुटार, हुलाकचौर, रानीवन, घोराखोरी, मिश्रभञ्ज्याङ्, फेदीगुठ , फलाटे बजारसम्म बस सञ्चालन हुने छन् । ठूला ३२ सय सीसीका बस ग्रामिण भेगमा समेत पु¥याउने कम्पनीको योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।
उपत्यका बाहिर चल्ने तीन हजार सीसीभन्दा बढी क्षमताका बस ५५ लाखभन्दा बढी रुपैयाँ मूल्य पर्ने उनको भनाई छ । ग्रामिण भेगका लागि टिकट बुकिङ् समेत बिहीबारदेखि खुला हुने छ ।