रामेछाप- युवतीहरुलाई डिपेन्डेन्ट भिसामा कोरिया पठाइदिन्छु भनि ठगी गरेको आरोपमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६ का साजन मगर भनिने होमबहादुर मगर पक्राउ गरेका छन् । युवतीहरुलाई डिपेन्डेन्ट भिसामा कोरिया लगायतका देशमा लैजान्छु भनि ठगी गरेको आरोपमा ३५ वर्षीय मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
हाल भक्तपुरको चाँगुनारायण बस्दै आएका मगरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाँसबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनको साथबाट २१ लाख रुपैयाँ नगद समेत बरामद गरेको छ भने थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिए ।