Logo

रमेश बाहुनद्वारा अदालतमा मुद्दा दायर



३० असोज, काठमाडौं– रमेश बाहुन उपनामले चिनिएका सुजन पैडेलले आपूm विरुद्द भ्रामक र कपोलकल्पित लाञ्छना तथा आरोप लगाएर मानमर्दन गर्न खोजिएको भन्दै एक अनलाइन विरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा फिरादपत्र मुद्दा दायर गराएका छन् ।
उनले आफ्ना वकिलमार्फत सुना मिडिया प्रालिले सञ्चालन गरेको रिपव्लिका दैनिक डटकम नामको अनलाइनका प्रकाशकर कार्यकारी सम्पादक सुना गुरुङ तथा सम्पादक याम भट्टराइ विरुद्द काठमाडौ जिल्ला अदालतमा असोज २३ गते मुद्दा दायर गराएका हुन् । (दर्ता नं ०७७ (सी४(०४७४० मुद्दामा उनले भनेका छन् ‘म फिरादीलाई मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा ४३ (ग), ४५, ५२ ९६०, ५३ समेतका आधारमा फिराद गर्ने हकदैया भएकोले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ (क) बमोजिम विपक्षीबाट आम सञ्चार माध्यमबाट गाली बेइज्यती गरी मेरो इज्यतमा धक्का पु¥याउने नियतले गलत समाचार सम्पादन गरेकोले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ ९१० बमोजिम सजाय समेत गरी पाउँ भनि उजुरी दर्ता गराएका छन् ।
उनले आफू केन्द्रीय कारगार कार्यालय सुन्धारामा विगत सात बर्षदेखि थुनामा रहेको र कारागारमा रहेका कुनै पनि कैदीले जो सुकैलाइ फोन गर्न नपाउने व्यवस्था रहेको मुद्दामा उजुरीमा उल्लेख छ । ‘नजिकको आफन्त वा कानून व्यवसायिलाई मात्र तोकिएको दिन र पालोमा मात्र फोन गर्न पाउँछन् । फोन गर्नुपर्दा कसलाई कुन फोन नम्बरमा कलगर्ने हो सोको पूर्व जानकारी गराई सुरक्षाकर्मीको सामुन्नेमा मात्र कल गर्न पाइन्छ । म फिरादीले मेरो नजिकको आफन्त र कानुन व्यवसायीलाइ भन्दा अरुलाइ फोन गरेको छैन । उनले दायर गरेको उजुरीमा लेखिएको छ ।
‘मैले गर्दै नगरेको कार्य गर्यो भनि झुठो समाचार प्रकासन गरी मेरो वेइजति गर्ने विपक्षिहरुको कार्य मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ ९२० (क) बमोजिमको कसुर भएकाले विक्षिहरुलाई ऐ ऐनको दफा ३०७ (१) बमोजिम हुने कैद तथा जरिवानामा ऐ ऐन बमोजिम विपक्षीहरुलाई हदैसम्मको कैद तथा जरिवाना गरी पाउँ भनिएको छ ।
साथै ऐ ऐनको दफा ३०७ (२) बमोजिम विपक्षिहरुलबाट मनसिव क्षतिपूर्ति र मुद्दा गर्दा लागेको खर्च समेत भराईदिन माग गरिएको छ । हुँदै नभएको विषयमा यसरी कपोलकल्पित, भ्रामक र आधारहित तरिकाले व्यक्तिको इज्यतमाथि दाग लगाउने प्रपञ्च गरिएको देखिएकोले उनले अनलाइन विरुद्द मुद्दा दायर गरिएको हो ।’ बाहुनका भाइ सुनिल पौडेलले भने, कसैको व्यक्तिगत चरित्रहत्यामा मिडिया लाग्नु दुःखद कुरा हो, व्यक्तिगत स्वतन्त्रता सबैको हुन्छ र त्यसको सबैले सम्मान गर्नुपर्छ ।
‘मेरो दाई सुध्रिन चाहिरहनुभएको छ, तर मिडियाले हुँदै नभएको कुरा ल्याएर एकतर्फि र अनावश्यक रुपमा विवादमा पारिदिँदा हामी परिवार र आफन्तले अनाहकमा सास्ती खेप्नु परेको छ उनले भने। मिडियाले निष्पक्ष भएर सूचना संप्रेसण नगरेर कसैको उक्साहटमा चरित्रहत्या गर्न लागि परेकोले यो मुद्दा दायर गरिएको हो, उनले भने ।

प्रतिक्रिया दिनुहोस्