Logo

रहेनन् प्रजातान्त्रिक आन्दोलनका योद्धा



५ जेठ, रामेछाप– प्रजातान्त्रिक आन्दोलनका एक योद्धा रुद्रप्रसाद ढुङ्गेलको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ । रामेछाप जिल्लाको पकरबासमा जन्मिएका ढुङ्गेल प्रजातन्त्र प्राप्तिका आन्दोलनका एक इमान्दर र शाहसिक योद्धाका रुपमा चिनिन्थ्ये ।
२०१७ सालमा राजाले ‘कु’ गरेपछि पद्यम संकरको नेतृत्वमा गठन गरिएको मुक्ति सेनामा रुद्रप्रसाद ढुङ्गेल पनि थिए । दोलखाको मेलुङमा रहेको बडाहामीको कार्यलय आक्रमाणमा प्रत्येक्ष रुपमा सहभागि भएका ढुङ्गेलले विपी कोइराला, कृष्णप्रसाद भट्टराईहरुसँग ८ वर्ष निर्वाशित जिवन समेत विताएका थिए ।
प्रजातन्त्र प्राप्तिको आन्दोलनमा उनको निकै महात्वपूर्ण भूमिका रहयो र आफ्नो सिंगो जिवन राजनीतिमै बिताए । तर उनले कहिल्यै पनि राज्यबाट लाभको पदधारण गरेनन् । उनी नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि भए तर उनले पार्टीसँग न कहिल्यै पद मागे न सांसदको टिकट नै । उनी बाचुन्जेल कहिल्यै पनि लाभको पद लिएनन् । राजा महेन्द्रले अंगिकार गरेको एक दलीय पञ्चायती व्यवस्थाको विरुद्ध सञ्चालन गरिएको आन्दोलनमा होमिएका आटिला साहसिक र निर्भिक योद्धाको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति भएको नेपाली काँग्रेसका नेता अर्जुन केसीले बताए ।


पञ्चायत विरोधी सशस्त्र क्रान्तिका क्रममा रामेछापका तत्कालिन वडाहाकीमको घरमा २०१८ सालमा स्वर्गीय ढुङ्गेलले बम प्रहार गरेका थिए । स्वर्गीय ढुङ्गेल २०१८ सालदेखि २०२५ सालसम्म प्रबासमा रहेको र ८ वर्ष जेल जीवन समेत विताएको काँग्रेस नेता केसीले बताए ।
उहाँको साहसिक कामप्रति हार्दिक सलाम गर्दछु, केसीले भने । साहसिक र निर्भिक रुद्र दाइले हामीसँग ब्यक्त गरेको भावनाको आधारमा नेपाली काँग्रेस रामेछापको ११ औं जिल्ला अधिबेसनबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको मलाई अहिले पनि स्मरण छ, आज त्यही निडर योद्धा प्रजातन्त्रका सेनानी हामी सामु रहनु भएन, यो घडीमा हामी निकै भावविहवल भएका छौं नेता केसीले हाम्रोअनलाईसँग भने
एउटा त्यागी, इमान्दार र साहसिक योद्धाको निधनले नेपाली काँग्रेस पार्टीमा अपुरणीय क्षति पुगेको नेपाली काँग्रेस रामेछापले जनाएको छ । नेपाली काँग्रेस रामेछापको सचिव लेखबहादुर कार्कीले आफ्नो फेसबुकमार्फत शोक बक्तब्य सार्वजनिक गर्दै श्रद्धाञ्जली ब्यक्त गरेको छ ।
शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना ब्यक्त गर्दै कोरोना संक्रमणको त्रास र लकडाउनको कारण स्वर्गीय ढुङ्गेलको पार्थिव शरीरको अन्त्यष्टिमा रामेछाप जिल्लामै रहेका नेता कार्यकर्ताहरु सहभागि हुन नसकेकोमा  विज्ञप्ति मार्फत क्षमाप्रार्थी समेत गरिएको छ । स्वर्गीय ढुङ्गेलको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । ढुङ्गेलको पार्थिव शरीरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले पार्टीको झण्डा ओढाएका थिए भने स्वर्गीय ढुङ्गेलका छोरा दिपक ढुङ्गेलले दाकबत्ती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्