रामेछाप- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रामेछापवासीले आफूसँग गरेको आशा अपेक्षा र माग पूरा गर्न दृढतापूर्वक लागिपर्ने बताएका छन् ।
‘म कार्यकारी पदमा नभएपनि राज्यको महत्वपूर्ण निकायमा रहेकाले रामेछाप जिल्लाको विकासका लागि यहाँका स्थानीय तहहरुले राखेका माग र जिल्लावासीको आशा अपेक्षालाई पूरा गर्न लागिपर्ने छु’ सभामुख घिमिरेले भने ।
शनिवार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरिएको घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
घिमिरे बन्धुहरुको जात विषेशको कार्यक्रममा सहभागि हुन पाउँदा आफू उत्साहित भएको भन्दै सभामुख घिमिरेले भने– जातिहरूको एकतालाई बलियो बनाउन आवश्यक छ ।
सभामुख घिमिरेले भने ‘जाति विशेषले पनि जातीय एकतालाई बलियो बनाऔँ, घिमिरे जातिको एकताले सम्पूर्ण जातिलाई एकतामा लान सकौँ र जात जातिबिचको एकता राष्ट्रिय एकताको प्रतिक बनाउन सकौँ’ यही उद्देश्यले घिमिरे बन्धुहरु भेला भएका छौँ ।
असल परम्पराको विकास गरौँ, हाम्रा पूर्खाहरुले देश विकासमा पु¥याएको योगदानको खोजी गरौँ, राम्रो काम गर्नेलाई सम्मान गर्न सकौँ र राज्यले पनि चिनोस सभामुख घिमिरेले भने ।
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको लागि माधवप्रसाद घिमिरेले देवघाटमा दुई कष्ठा जमिनको किनेर प्रतिष्ठानको नाममा दिएको बताउँदै उक्त जग्गामा के बनाउने हो ध्यान दिएर अघि बढ्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो । सभामुख घिमिरेले भने– ‘माधवप्रसाद घिमिरेले देवघाटमा मन्दिर बनाउने उद्देश्यले जग्गा किन्नु भएको थियो, मन्दिर बनाउन नपाउँदै दुर्घटनामा उहाँको मृत्यु भयो । उक्त जग्गामा के बनाउने हो हामीले सोचेर अघि बढ्नु पर्छ ।
सभामुख घिमिरेले रामेछाप जिल्लाका समाजसेवी, पत्रकार तथा साहित्यकार स्वर्गीय जगदीश घिमिरेलाई पनि स्मरण गरे । स्वर्गीय जगदीश घिमिरेलाई स्मरण गर्दै सभामुख घिमिरेले भने– रामेछाप जिल्लाको शिक्षा र स्वाथ्य क्षेत्रको लागि जगदीश घिमिरेले अतुलनीय योगदान पु¥याउनु भएको छ । उहाँको नामबाट प्रष्ठिान बनेको छ, म प्रतिष्ठाका पदाधिकारीहरुलाई जगदीशले गरेको कामलाई निरन्तरता दिन आग्रह गर्न चाहन्छु ।
सभामुख घिमिरेले घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको केन्द्रीय कार्यालयको लागि भवन निर्माण गर्न आवश्यक रहेको बताउँदै उक्त कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बताए । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानले अरुबाट आउने सहयोग तथा चन्दा स्वीकार नगर्ने पनि बताए । सभामुख घिमिरेले भने हाम्रो घिमिरे बन्धु प्रतिष्ठले अरुबाट आउने चन्दा, सहयोग स्वीकार नर्दा राम्रो हुन्छ जस्तो लाग्छ, हामी आफै सक्षम बन्नु पर्छ ।
सोही कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादर तामाङ (कान्छाराम) ले जिल्लाका विकासका लागि आफू लागिपरेको बताउँदै जिल्लावासीलाई विकासको लागि चिन्ता नगर्न आग्रह गरे । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको भवन निर्माणको लागि भए सरकारबाट र नभए आफ्नो व्यक्तिगत तर्फबाट भएपनि सहयोग गर्ने मन्त्री तामाङले बताएका छन् ।
अधिवेशको औपचारिक कार्यक्रम अघि पञ्चेबाजासहितको ¥याली निकालिएको थियो । भैसेश्वरबाट निस्किएको ¥याली मन्थली बजार परिक्रमा गरी तीनपाल पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।