२१ कार्तिक, रामेछाप– भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाइएको विरोधमा रामेछापको सदरमुकाम मन्थलीमा प्रदर्शन गरिएको छ ।
नेपालको कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा नक्साङनक गरेको विरोधमा बिहीबार साँझ राष्ट्रिय युवा संघ र अनेरास्ववियूले विरोध जुलुस निकालेका हुन् ।
प्रदर्शनकारीहरुले ‘गो ब्याक इण्डिया’ लेखिएको ब्यानर सहित ‘मोदी तेरो पाराले दुःख पाए साराले’ लगायतको भारत विरोधी नारा लगाउँदै मन्थली बजार परिक्रमा गरेका थिए ।
विरोध जुलुस बजार परिक्रमा गर्दै मन्थली बजारस्थित देवकोटाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य सुन्दर घिमिरेले भारतले नेपाललाई हेपेको बताए । भारतले सार्वजनिक गरेको नक्सा सुधार गर्न पनि उनले माग गरे ।
घिमिरेले भारतले नेपालको भूभागलाई आफ्नो नक्सामा राखेर नेपाली आमाको छातीमा बुठ बजारेको भन्दै नक्सा नसच्चिए भारतलाई गोरखालीको ताकत देखाइदिने चेतावनी दिए ।