२३ भदौ, रामेछाप– मंगलबार रामेछाप जिल्लामा गाउँपालिका अध्यक्ष सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्का सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२ जना प्रहरी, दुई जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ब्यक्ति र दुई जना मन्थली नगरपालिका–१ का स्थानीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत ४१ र ३३ वर्षका प्रहरी रहेका छन् भने प्रहरी हिरासतमा रहेका ४३ र ३७ वर्षका २ जना रहेका छन् । त्यसैगरी स्थानीय ३० वर्षकी महिला र ३७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्का २६ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।
गाउँपालिका अध्यक्ष खड्का युवतीलाई जबजस्ती करणी गरेको र ठगी अभियोगमा साउन ३० गते पक्राउ गरेका थिए । यो सँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ९९ जना पुगेका छन् । जसमध्य ४९ जना रामेछाप जिल्लामै छन् भने ५० जना जिल्ला बाहिर रहेका छन् ।