Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114
रामेछापमा दुई महिनामा करिब ५० करोडको खाद्यन्न आयात - Hamro Online News Hamro Online News
Logo

रामेछापमा दुई महिनामा करिब ५० करोडको खाद्यन्न आयात

नवराज विश्वकर्मा


रामेछाप । चालु आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनाको अवधिमा रामेछापमा करिब ५० करोड रुपैयाँ बराबरको अत्यावश्कीय खाद्यन्न आयात भएको छ ।
गएको साउन र भदौँ महिनामा चामल, कनिका, ढुटो, मैदा, आटा, दाल, गेडागुडी, तेल, घ्यू, चिनी, चाउचाउ र विस्कुट लगायतका ९ हजार पाँच सय मेट्रिक टन अत्यावश्यकीय खाद्यान्न सामाग्री जिल्लमा आयात भएको रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापाले जानकारी दिए ।
उनका अनुसार जिल्लामा एक महिनाको अवधिमा ४ हजार ५ सय मेट्रिकटन अत्यावश्यकी खाद्यन्नका सामाग्री भित्रिने गर्दछ । एक महिनामा मात्रै करिब १५ करोड रुपैयाँ बराबरको चामल, कनिका, ढुटो लगायतका तीन हजार पाँच सय मेट्रिक टन खाद्यान्न जिल्लामा भत्रिने गरेको थापाले बताए ।
यो तथ्यांकलाई आधार मान्दा जिल्लामा वार्षिक रुपमा ६ अर्ब रुपैयाँ बराबरको खाद्यान्न भित्रीने सहजै अनुमान गर्न सकिन्छ । दुई नगरपालिकासहित आठ स्थानीय तह रहेको रामेछापको कुल क्षेत्रफल १५४८ वर्ग किलोमिटर छ । हिमाली जिल्ला रामेछापमा ५०९ दशमलव ०८ वर्ग किलोमिटर खेतीयोग्य जमिन छ ।
२०६८ सालको जनगणना अनुसार रामेछापको कुल जनसंख्या दुई लाख एक हजार ४ सय २३ रहेको छ । जसमध्ये एक लाख ९ हजार २४० महिला र ९२ हजार १ सय ८३ जना पुरुष छन् । कृषि, नागरिकको ध्यान आकर्षण गर्ने राजनीतिक दलका प्रमुख एजेण्डा मध्येको एक हो । कृषि क्रान्तिका कुरा राजनीतिक दलका नेताहरुको भाषणमा जोडतोडले उठाउने गर्छन् । तर, राजनीतिक दलहरुले निर्वाचनको बेलमा जिल्लालाई कृषिमा आत्मानिर्भर गराउँछौँ भनि गरेका भाषण, भाषणमै सीमित रहेको छ । बेलाबेलामा बाँझो जमिन राख्न नपाइने कुरा संसदमा समेत उठ्ने गरेका छन् । संघ, प्रदेशदेखि स्थानीय तहको बजेट कार्यक्रममा समेत कृषिका एजेण्डा मुख्य एजेण्डामा समावेश हुन्छन् । तर, व्यवहारतः ती कुराले सार्थकता पाउन अझैँ सकेका छैनन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुले त झन् पाखा बारी बाँझो राखेर नागरिक विलाशिता जीवन बिताउँन थाले भनेर सार्वजनिक फोरममा नै गुनासो पोख्ने गरेका छन् । बाझिँदै गएका भीर पाखाबारी जमिनको अवस्थाको अध्ययन गरेर माटो सुहाउँदो बाली लगाउने विषयमा भने स्थानीय तहसँग कुनै मास्टर प्लान देखिदैन । रामेछापलाई कृषिमा आत्मानिर्भर बनाउने हो भने समग्र कृषियोग्य जमिनको अध्ययन गरेर हावा, पानी र माटो सुहाउँदो खेतीका लागि नागरिकलाई उत्प्रेरित गर्नतर्फ स्थानीय सरकार जुट्नुपर्ने जानिफकारहरु बताउँछन् ।
स्थानीय तहले कृषिमा प्रदान गर्दै आएका अनुदान पनि राजनीतिक पार्टी कार्यकर्तालाई खुसी पार्ने प्रयोजनका लागि नभई वास्तविक कृषकसामू पु¥याउने कुरामा जनप्रतिनि तथा कर्मचारीको समेत ध्यान जानु आवश्य रहेको समाजिक अभियन्ताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्