Logo

रामेछापमा पनि सुरु भयो इ–पास सेवा



३ वैशाख, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबारबाट लकडाउनको अवस्थमा सञ्चालन गर्नुपर्ने अत्यावश्यक सवारी पासको लागि अनलाइन सेवा इ–पास सुचारु गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गर्दै अत्यावश्यक सवारी पासको लागि अनलाइन सेवा सुचारु गरिएको जानकारी दिएको हो ।
रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्धारा हस्ताक्षरीत सूचनामा सवारी कुन प्रयोजनको लागि प्रयोग गर्न लागिएको हो, सोको यथेष्ट प्राणका काजगातहरु र सवारी चालक अनुमति पत्र अनिवार्य अपलोड गर्नुपर्ने उल्लेख छ ।
अनलाइन फारम पेश भइसकेपछि मापदण्ड र विवरणको आधारमा सवारी पास जारि गर्ने वा नगर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गर्नेछ । सवारी पास स्वीकृत भए नभएको आवेदकले अनलाइन फारममा प्रयोग गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत जानकारी आउनेछ । सवारी पास स्वीकृत भएमा मोबाइलको एसएमएसमा आएको कोड नै पास हुनेछ ।
अत्यावश्यक काम बाहेक सवारी पासको लागि आवेदन नर्भन पनि जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना मार्फत अनुरोध गरेको छ । झुठा विवरण भरी सवारी पासको दुरुपयोग गरेमा कानून बोमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ ।
इ–पासको लागि आवेदन दिन मोबाइलको एमएमएस बक्समा गई कुनै एउटा कोड लेखि १११२ मा एसएमएस पठाएपछि इनबक्समा  https://epass.moha.gov.np को लिंक आउने छ । र लिंक खोलेर फारम भर्न सकिने छ वा सिधै https://epass.moha.gov.np लगइन गरेर पनि इ–पासको लागि फारम भर्न सकिने छ । https://epass.moha.gov.np/

 

प्रतिक्रिया दिनुहोस्