Logo

तपाइको यो महिना, चैत्र २०८१



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिहरूको लागि यो महिना सामान्य रहनेछ । आर्थिक पक्ष सामान्य रहनेछ भने व्यापार व्यवसायमा पनि सामान्य लाभ रहनेछ । नयाँ कार्य थालनिको लागि उपयुक्त समय नहोला । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्ने छ । वैदेशिक रोजगारमा सफलता मिल्ला । सानो प्रयासले जीवनशैलीमा बदलाव लिएर आउन सक्ने छ । मान सम्मानका साथ प्रतिष्ठित कार्य गर्ने अवसर मिल्ला । विद्यार्थीहरूको प्रतिभाको उच्च मूल्याङ्कन हुनेछ । साहित्य वा लेखनको क्षेत्रमा निखार आउनेछ । विश्वास मात्रबाट धोखा पाइएला सचेत रहनुहोस् । यो महिनाभरी भगवान सूर्यलाई अघ्र्य दिएर दिनको प्रारम्भ गर्दा राम्रो हुने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो महिना अत्यन्त शुभ रहनेछ । कार्यक्षेत्रमा पदोन्नतिको योग छ । पिताको कार्यक्षेत्रमा सम्मान बढ्नेछ । लोकसेवा आदिको परिणाममा सफलता मिल्नेछ । सरकारी नोकरीको लागि कार्यरत हुनुहुन्छ भने सफलता मिल्नेछ । बेरोजगारहरूलाई नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ । जग्गा जमिनको किनबेचबाट मनग्य लाभ प्राप्त हुनेछ । अविवाहित हुनुहुन्छ भने विवाहका प्रस्ताव आउनेछन् । पारिवारिक उल्झनहरू सुल्झिने छन् । युवा छात्र छात्राहरू मौजमस्तीभन्दा पढाइमा ध्यान दिनुपर्ने हुन्छ । कार्यक्षेत्रमा विशेष पदको जिम्मेवारी मिल्नेछ । सदैव भगवान सूर्यलाई अघ्र्य दिएर दिनको प्रारम्भ गर्दा महिनाभरी ऊर्जावान रहनुहुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुको लागि यो महिना सामान्य रहनेछ । आत्मविश्वासमा कमी देखिन्छ । यात्रा कष्टदायी रहने योग छ । साना बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनु पर्ने हुन्छ । कार्यक्षेत्रमा बोलीको विपरीत अर्थ लाग्नेछ । चलिरहेको कार्यमा प्रशासनिक र राजकीय पक्षबाट बाधा योग छ । नयाँ कार्य प्रारम्भ गर्नमा उपयुक्त समयको प्रतिक्षा गर्नुहास् । आफ्नो सोचलाई सकारात्मक राखेर अगाडि बढ्दा सफलता मिल्नेछ । स्वास्थ्य र आहारविहारमा विशेष ध्यान दिंदा राम्रो हुनेछ । परिवारमा सम्पत्तिलाई लिएर वादविवादको सम्भावना रहेको छ । विद्यार्थीहरूलाई पठनपाठनमा मेहनत धेरै गर्नुपर्ला । आकस्मिक धनलाभका योग छ । व्यापार व्यवसायमा लाभ रहनेछ । सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्दा राम्रो हुने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरुको लागि यो महिना सामान्य रहनेछ । उद्योग जगतबाट लाभ प्राप्त होला । सत्रुहरू पराजित हुनेछन् । राजकीय र प्रशासनिक क्षेत्रमा सफलता मिल्ने योग छ । शुभचिन्तकहरूको साथ र सहयोगले व्यापार विस्तारको लागि योजनाहरू बन्नेछन् । कार्यक्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ । पुरुषार्थी कामले लाभ उठाउन सकिनेछ । आर्थिक समस्याहरू सुल्झिनेछन् । पतिपत्नीको मामिलाहरूमा केही असमझदारी बढ्न सक्ला । शेयर बजारको कार्यमा जानकारको सल्लाह लिएर निर्णय लिनुहोला । आयार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन् । विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ र नयाँ सिक्ने मौका मिल्नेछ । सदैव कालभैरवको पूजा गरेर दिनको प्रारम्भ गरौँ ।

धनु  (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

धनु राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ। कार्यक्षेत्र होस् या व्यापार व्यवसाय मनमा चिन्ता रहनेछ। आफन्तहरूको भनेजस्तो साथ र सहयोग नमिल्ला। कार्यक्षेत्रमा सीनियर वा जुनियर दुवै पक्षबाट प्रशंसा मिल्नेछ। रोगप्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कानूनी मामिलाहरूमा पक्ष कमजोर हुन सक्ला सावधान रहनुहोला। जीवनसाथीको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। कुनै विशिष्ट व्यक्तिसंगको भेटघाटले मन आनन्दित रहनेछ। इष्टमित्रहरूबाट सहयोग पाइएला। सदैव देवी दुर्गालाई रातो फुल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्।

कुम्भ   (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। एस्तो कुनै वाचा नगर्नुहोला जुन कुरा भविष्यमा निभाउन गाह्रो हुनेछ। आफ्नो क्षमताभन्दा धेरै कसैसंग तुलना नगरौँ। उद्योग व्यापारमा बजारको भाउ तलमाथि रहन सक्छ। जीवनसाथीको भावनालाई वेवास्ता नगर्नुहोस्। स्वरोजगारको प्रयासमा सफलता मिल्ला। प्रतिष्ठित व्यक्तिहरूबाट धोखा मिल्न सक्छ। स्वास्थ्यले साथ दिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साना बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। कार्यक्षेत्रमा प्रतिभाको उचित मूल्यांकन हुनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्।

वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वृष राशिहरूको लागि यो महिना लाभदायक रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ भने सन्तानको प्रगतिलाई लिएर मन प्रसन्न रहनेछ। कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। कठीन काम पनि सजिलै सम्पादन हुनेछन्। पद प्रतिस्ठामा वृद्धि हुनुका साथै सेवामुलक कार्यबाट आफूलाई चिनाउन सकिनेछ। घरपरिवार होस् वा व्यापार व्यबसाय शुभचिन्तकहरूको राम्रो सहयोग मिल्नेछ। शेयर बजारबाट लाभ हुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। कार्यक्षेत्रमा आटले थप कार्य लिन सकिनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो महिना कर्कट राशिहरूको लागि उत्तम रहनेछ। समाजमा प्रतिष्ठा बढ्नुको साथै दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ। व्यापार व्यवसायमा थप लगानीबाट लाभ मिल्नेछ। साझेदारी व्यापारमा लाभको साथै नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। व्यापार र आर्थिक कारोबारलाई विस्तार गर्ने उचित समय रहेको छ। घरपरिवारमा मांगलिक कार्यको शुभारम्भ हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोला ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशिहरूको लागि यो महिना श्रेष्ठ रहनेछ। नोकरी वा पेशामा विवादास्पद मामिलाहरू सुल्झाउन सक्नुहुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धलाई लिएर सचेत रहनुहोस्। व्यापार व्यवसायमा विस्तारको लागि योजनाहरू बन्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। कार्य क्षेत्रमा मेहनतको उचित प्रतिफल मिल्नेछ। युवा वर्गहरूलाई करियरलाइ लिएर सही मार्गदर्शन मिल्नेछ। उद्योग व्यापारबाट धनलाभ हुनेछ। आत्मबलमा वृद्धिको योग छ। आफूलाई ऊर्जावान बनाउनुको लागि भगवान बिष्णुको पूजा गरेर दिनको प्रारम्भ गर्नुहोला।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

वृश्चिक राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ र सहयोग मिल्ला। करियर र कारोबारलाई लिएर सही दिशामा उठाएको कदमले हजुरको सुनौलो भविष्यको निर्माण गर्नेछ। नियमित दिनचर्यामा आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। आयुर्वेद वा मेडिकलको क्षेत्रमा विशेष सफलता मिल्नेछ। प्रेम सम्बन्धमा अरूको कुरा सुनेर निर्णय नलिनुहोला। व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। सन्तान पक्षबाट कुनै सुखद समाचार मिल्नेछ। व्यापार व्यवसायको विस्तारको लागि शुभ समय रहेको छ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गरौं।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मकर राशि हुनेहरूको लागि यो महिना मिलाजुला रहनेछ। कार्यक्षेत्रमा विरोधीहरूबाट सतर्क रहनुपर्ने हुन्छ। जग्गा जमिन वा सामान किनबेच गर्नुभन्दा अघि कागजात को जाँच अवश्य गर्नुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा रुचि बढ्नेछ। धैर्य र पराक्रम वृद्धि हुनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। कार्यक्षेत्रलाई लिएर अर्थपूर्ण यात्रा गर्नुपर्ला। मनमा रहेको शंकाहरूको समाधान हुनेछ। स्वास्थ्यले साथ दिनेछ साथै पुरानो रोगबाट मुक्ति पनि पाइएला। सदैव हनुमानजीलाई सिन्दुर अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो महिना मीन राशि हुनेहरूलाई श्रेष्ठ रहनेछ। समाजमा मानसम्मान बढ्नेछ। राजनीतिक पेशामा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा गरेका कार्यहरूको प्रशंसा हुनेछ। जग्गा जमिन र वाहनको किनबेचमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा हतारिएर निर्णय नलिनुहोला। कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। लगनशीलताले लक्ष्य सम्म पुग्न गाह्रो नहोला। प्रेम सम्बन्धलाई गुप्त राख्ने प्रयास गर्नुहोला। स्वास्थ्य सबल रहनेछ। आफन्तहरूको साथमा भ्रमण वा स्वादिष्ट भोजनको प्राप्ति होला। जीवनसाथीबाट उपहार पाइएला। नयाँ क्षेत्रमा उद्योग व्यापार प्रारम्भ गर्न सक्नुहुनेछ। सदैव माछालाई अन्न दिएर दिनको प्रारम्भ गर्नुहोस्।

(हाम्राे पात्रबाट)

प्रतिक्रिया दिनुहोस्