रामेछाप- रुद्राक्ष समाज नेपालले खाँडादवी गाउँपालिका–४ मा रहेको रक्तमाला आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण गरेको छ । रुद्राक्ष समाजले आइतवार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
उक्त विद्यालयमा अध्यनरत ७५ जना विद्यार्थीलाई विद्यालय स्वीटर, टोपी, कपि र पेन्सिल लगायतका सामग्री बितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशब कडेलले जानकारी दिए ।
स्थापनाको डेढ बर्षमा दौडिदै गरेको रुद्राक्ष समाजले हालसम्म ११ वटा बिद्यालयमा सहयोग गरिसकेको संस्थाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि पुरुषोत्तम ठकुरीले बताए । हामी खास विद्यालयको शैक्षिक गुणस्तर सुधारको अभियानमा छौँ, त्यसैले विद्यालयमा अन्तरक्रियामा जाँदा खाली हात नजाउ भन्ने अभिप्रायले न्यानो कपडा बोकेर जाने गरेका छौँ ठकुरीले भने ।
विद्यार्थीलाई रुद्राक्ष समाजका अध्यक्ष पुरुषोत्तम ठकुरी, वडाध्यक्ष्य कृष्ण पौडेल, नेपाली काङ्ग्रेस कोशी प्रदेश सम्पर्क समितिको सभापति निर्मल रिजाल लगायतका ब्यक्तिले न्यानो कपडा लगाई दिएका थिए । युवा नेता सुजन ढङ्गेलले एक थान नेट र २ थान भलिबल उपलब्ध गराएका थिए ।
यसैबिच सोहि कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेश सम्पर्क समितिको सभापति निर्मल रिजालले सोही विद्यालयकी दुबै खुट्टा गुमाएकी छात्रा गीता बिकलाई ५ हजार नगद समेत सहयोग गरेका थिए ।