Logo

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुनापतिमा ¥याली र कोणसभा



रामेछाप– ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । सुुनापति गाउँपालिका–२ दिमीपोखरीमा ¥याली र कोणसभा गरि अभियान मनाइएको छ ।
प्रत्येक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन गर्ने गरिएको छ । सुनापति गाउँपालिका–२ मा भएको ¥यालीमा सहभागिहरुले मानव अधिकार सबैका लागि, लैङ्गिक हिंसा अन्त्य गरौं, कुरा हैन काम गरौं, खुलेर बोलौं विभेद रोकौं, महिला हिंसा अन्त्य गरौं, सबैका लागि मानव अधिकार, लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता लगायतका नारा लेखिएका प्लेकार्ड सहित सहभागि भएका थिए ।
मिलिजुली महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा सुनापति गाउँपालिका, २ नं. वडा कार्यालय र सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाको समन्वयमा भएको कार्यक्रम ¥यालीपछि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई संवोधन गर्दै सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले महिलाहरुको अथक प्रयास, त्याग र बलिदानीबाट प्राप्त हक, अधिकारको संरक्षण गरी कानुनी उपचारका लागि खुलेर बोल्नु पर्ने बताइन् । कोण सभालाई सम्वोधन गर्दै विष्टले कुनै पनि महिलालाई कुनै खालको हिंसा भएमा स्थानीय सरकारमा उजुरी गरी न्याय पाउन अनुरोध गर्दै उनीहरुको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन् । अझै पनि समाजमा विभिन्न प्रकृतिका हिंसाका घटना हुने र सहेर बस्नु पर्ने बाध्यता रहेको र १६ दिन मात्र नभै ३ सय ६५ दिन नै अभियानका रुपमा लिनु पर्नेमा जोड दिएकी थिइन् ।


सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाका संयोजक तिलक कार्कीले लैङ्गिक हिंसा विरुद्धको अभियानको इतिहास, औचित्य, लैङ्गिक हिंसा के कसरी हुन्छ ?, शारीरिक, मानसिक तथा भावनात्मक, यौनजन्य, आर्थिक, सामाजिक साँस्कृतिक, राजनैतिक र कानुनी रुपमा गरिने हिंसाको बारेमा चर्चा गरेका थिए । अहिले बढ्दै गएको घरेलु हिंसा र यसका कानुनी उपचारका बारेमा स्पष्ट पारेका थिए ।
सुनापति गाउँपालिका महिला शाखाकी संयोजक उर्मिला दाहालले महिलामाथि हुने हिंसा र दूव्र्यव्यवहार अन्त्यका लागि यस्ता अभियानले सचेत गराउने र महिलाहरुले सशक्त भई हक, अधिकारका लागि एकजुट हुन अनुरोध गरेकी थिइन् ।
मिलिजुली महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष शान्ति घिसिङको अध्यक्षता भएको कार्यक्रममा स्थानीय जातजातिका भेषभुषामा आएका महिलाहरुको सबै जुटौं, म हिंसा सहन्न, हिंसा गर्दिन र हिंसा भएको देखेमा प्रतिकार गर्छु भन्ने प्रतिवद्धताका साथ उत्साहजनक सहभागिता रहेको सामाजिक परिचालक संझना बस्नेतले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्