Logo

“रास्वपाको क्रेजले पिस्लिएका केही अनुहार”



आस्मा नराल


२०८२ भाद्र २३ र २४ को “Gen–Z आन्दोलन” नेपालमा भएको ठूलो युवा आन्दोलन हो । यो आन्दोलन मुख्यतः युवा पुस्ता (Gen–Z) ले भ्रष्टाचार, बेरोजगारी र सरकारी नियन्त्रणको विरोधमा सुरु गरेका भनिएता पनि मुख्यतय आन्दोलन – सरकारले २६ वटा सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने निर्णय गरेको थियो (Facebook, YouTube, Instagram आदि) ।
जसलाई युवाहरूले आफ्नो अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण देशमा बढ्दो भ्रष्टाचार, नातावाद (nepotism/Nepokids) र बेरोजगारी प्रति आक्रोश थियो ।

तीव्र जनआक्रोशपछि तत्कालीन सरकारलाई ठूलो दबाब पर्यो र सामाजिक सञ्जाल प्रतिबन्ध हटाइयो तर आन्दोलन चर्किँदै गएपछि ठूलो संख्यामा जनधनको क्षति बेहोर्नु पर्यो । राजनीतिक दबाबसँगै तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिनुमात्र होइन हेलिकप्टर चढर भाग्नु पर्‍यो । त्यसपछि राजनीतिक संकट सुरु भयो । साथै जेनजीहरूको समर्थनमा २०८२ साल भाद्र २७ गते प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारका लागि प्रधानमन्त्रीको लागि सिफारिस गरिएको थियो ।

गगन थापा :
गगन थापा नेपालका चर्चित युवा राजनीतिज्ञ हुन् । उनी आफ्नो स्पष्ट बोल्ने शैली, युवा नेतृत्व र सुधारवादी विचारका कारण धेरै लोकप्रिय मानिन्छन् । २०३३ साल (१९७६ ए.डी) काठमाडौँमा जन्मिएर Nepal Student Union बाट राजनीतिमा उदाएका थापा पछिल्लो समयमा प्रतिनिधिसभा सदस्य र २०१६–२०१७ तिर स्वास्थ्य मन्त्री पनि भएका थिए । उनी स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बिमाको सुरु गरेका थिए । संसदमा खुला र कडा भाषण गर्ने नेताका कारण उनी युवाहरूबीच लोकप्रिय हुनुका साथै

शिक्षा, स्वास्थ्य र सुशासनका विषयमा सुधारको कुरा गर्ने भएर नै राजनीतिक विश्लेषकहरूले भविष्यमा प्रधानमन्त्री बन्न सक्ने युवा नेतामध्ये एक भनेर उनको चर्चा गर्ने गरेको पनि पाइन्छ । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा रास्वपाका अमरेश कुमार सिंहसँग पराजित भए ।

कुलमान घिसिङ
कुलमान नेपालका प्रसिद्ध इन्जिनियर र प्रशासक हुन्, उनले नेपालमा धेरै वर्षसम्म भएको लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका कारण निकै लोकप्रिय भएका छन् । सन् १९७१ रामेछापमा जन्मिएका घिसिङ पेशाले इलेक्ट्रिकल इन्जिनियर हुन् । २०१६ मा उनले नेपाल विद्युत प्राधिकरण (NEA) को कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए । त्यस समय नेपालमा दैनिक १०–१८ घण्टासम्म लोडसेडिङको मार खेपिरहँदा उनले व्यवस्थापन सुधार, विद्युत आयात/उत्पादन सन्तुलन र चुहावट नियन्त्रण जस्ता कदम चालेर काठमाडौँ लगायत धेरै ठाउँमा लोडसेडिङ लगभग अन्त्य गरेका थिए ।

नेपालमा धेरै मानिसले उनलाई “लोडसेडिङ अन्त्य गर्ने व्यक्ति” भनेर सम्मान गर्छन् यसैकारण सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा पनि उनको समर्थन धेरै देखिन्छ । फागुन २१ मा भएको प्रतिनिभिसभा सदस्य निर्वाचनमा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका घिसिङ रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेसँग पराजित भए ।

रेणु दाहाल
रेणु दाहाल नेपालकी एक चर्चित राजनीतिज्ञ हुन् । ४ जुलाई १९७६ मा चितवनको शिवनगरमा जन्मिएकी दाहाल नेपाल कम्युनिष्ट पार्टी माओवादीको तर्फबाट पहिलो पटक २०१७ मा Nepal local elections मा भरतपुर महानगरपालिकाको मेयर पदका लागि निर्वाचित भएकी थिइन् । त्यसपछि २०२२ Nepal local elections मा पनि पुनः सोही पार्टीबाट मेयर जितेकी थिइन् ।
मेयर बनेपछि उनले भरतपुरमा सडक तथा पूर्वाधार विकास, पर्यटन प्रवर्धन (विशेषगरी Chitwan National Park आसपास) सरसफाइ र सहरी व्यवस्थापन जस्ता काममा जोड दिएकी दाहाल भरतपुरवासीले उनको कामको खुब प्रशंसा गर्ने गरेको पाइन्छ ।

फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तारा चिन्हबाट उम्मेदवारी दिएकी दाहाल रास्वपाका उम्मेदवार सोबिता गौतमसँग पराजित भइन ।

चन्द्र भण्डारी
चन्द्र भण्डारी नेपालका सक्रिय र स्पष्ट बोल्ने नेतामध्ये एक मानिन्छन् । उनी नेपाली कांग्रेसका नेता तथा गुल्मी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । २३ फेब्रुअरी १९६१ सालमा गुल्मीमा जन्मिएका भण्डारीले लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भूमिका खेलेका छन् ।

२०१७ मा नेपाली कांग्रेसको तर्फबाट गुल्मीको प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । संसदमा विकास, ऊर्जा, र सुशासनका विषयमा आवाज उठाउने नेताका रूपमा पहिचानसमेत बनाएका उनले संसदमा नेपालको जलविद्युत् विकास र ऊर्जा निर्यातको विषयमा धेरै आवाज उठाएका छन्, आफ्नो पानीको स्रोत प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ भन्ने उनको मुख्य धारणा रहेको छ ।

संसद र सार्वजनिक कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनको पक्षमा खुलेर बोल्ने गरेका छन् । उनी पार्टीभित्र नीति बहस, संगठन मजबुत बनाउने र युवालाई राजनीतिमा ल्याउने विषयमा सक्रिय मानिन्छन् ।

भण्डारी गुल्मी जिल्लामा सडक, शिक्षा, स्वास्थ्य, र विकासका विषयमा जनताको माग संसदमा उठाउने नेताका रूपमा पनि चिनिँदै आएको पाइन्छ । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी लिएका भण्डारी रास्वपाका उम्मेदवार सागर ढकालसँग पराजित भए ।

प्रतिक्रिया दिनुहोस्