रामेछाप- बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश सरकार शिक्षालाई गुणस्तरी बनाउने लक्ष्यसहित अघि बढेको बताएकी छन् । सामुदाविक विद्यालयको शिक्षालाई निजी विद्यालय सरहको बनाउनु पर्ने उनले बताइन् । अङ्ग्रेजी र विज्ञान विषयमात्र नभइ नयाँ प्रविधिको प्रयोगसहित शिक्षालाई गुणस्तरीय र रोजगारमूखी बनाउनु पर्ने मन्त्री खड्गीको भनाइ छ । बागमती प्रदेशर सरकारले “सिक्दै कमाउँदै, कमाउँदै सिक्दै” शैक्षिक कार्यक्रम ल्याएको बताएकी छन् । शिक्षालाई गुणस्तरीय र मरिणाममुखी बनाउन उक्त शिक्षा प्रणालीलाई लागू गरेर जानु पर्ने बताइन् ।
शुक्रवार रामेछाप उद्योग वाणिज्य सङ्घले मन्त्री खड्गीको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
मन्त्री खड्गीले बागमती प्रदेश सरकारले गृहिणी सशक्तीकरण कार्यक्रम पनि ल्याएको बताइन् । महिलाहरुलाई आत्मनिर्भर र आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यले मन्त्रालयले गृहिणी सशक्तीकरण कार्यक्रम ल्याएको बताइन् । ‘महिलाले राजनीतिकमा त फड्को मारेको छ तर आर्थिक क्रान्तिमा फड्को नमारेसम्म महिलाहरुको विकास हुँदैन’ मन्त्री खड्गीले भनिन् ।
‘केही बैगुनीहरुका कारण राजीतिमा वितृष्ण आएको छ, सबैलाई एउटै नजरले हेर्नु हुँदै, बैगुनीहरुलाई पञ्छाउँदै गुणीहरुलाई अगाडी बढाउनु पर्छ’ मन्त्री खड्गीको भनाइ थियो । “योगमाया न्यौपानेदेखि मङ्गलादेवी सिंह हुँदै साहाना प्रधानसम्मको योगदानलाई कदर गर्दै हामी यहाँसम्म आइपुग्न सफल भएका छौँ । जबसम्म महिला र पुरुष बराबरी भए अघि बढ्न सक्दैन तबसम्म देश विकास हुँदै” उनले भनन् । यसो भन्दैमा निराश नै भइहाल्नु पर्ने अवस्था भने नभएको उनको भनाइ छ ।
मन्त्री खड्गीले आफू महिलावादी भएको भन्दै महिलाहरुलाई उद्यमी बनाउन लागिपरेको पनि बताइन् । महिलाहरुलाई उद्यमी बनाउन लाग्ने क्रममा महिलाहरुलाई तालिम दिइयो तर उद्यमी बनाउन सकिएन, त्यसबेला भने म निराश भएँ उनले भनिन् । तालिम मात्र होइन, उद्यमी बनाएर, आयआर्जको माध्यम बनाउनु पर्छ र त्यहाँबाट महिलाहरुलाई आत्मनिर्भर बनाउनु पर्छ भन्ने उद्देश्यले गृहिणी सशक्तीकरण कार्यक्रम ल्याएको उनको भनाइ छ ।
उद्यमी बन्न चाहने महिलाहरु मात्र नभएर युवाहरुको लागि समेत बागमती प्रदेश सरकारले तालिम दिइरहेको बताइन् । उनले भनिन् ‘उद्यमी बन्न चाहने महिला र युवा हुनुहुन्छ भने धुलीखेलमा तालिम दिइरहेको छ, रामेछापबाट पनि धुलिखेल गएर तालिम लिएर उद्यमी बन्न सक्नु हुन्छ ।’ उद्यमी बनाउने कार्यक्रम अन्तर्गत प्लम्बर, विद्युतीय, व्यूटिसियन र सिलाइकटाइ तालिम प्रदेश सरकारले दिइरहेको मन्त्री खड्गीले जानकारी दिइन् ।
महिला सशक्तीकरण तालिमको लागि प्रदेश सरकारले रामेछाप जिल्लाको लागि ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिँदै, तालिमको लागि तालिम मात्र नभएर पूर्ण उद्योगी बनाउने गरी तालिम सञ्चालन गर्न उनले स्थानीय सरकारलाई आग्रह गरेकी छन् । स्थानीय सरकारसँग समन्वय गरी यस्ता तालिमहरु सञ्चालन गर्न उद्योग वाणिज्य सङ्घलाई पनि उनले आग्रह गरिन् ।
गृहिणी सशक्तीकरण कार्यक्रम अन्तर्गत मन्त्री खड्गीले दक्षिणकाली नगरपालिकाको उदाहरण दिँदै भनिन– दक्षिणकाली नगरपालिकालाई पाउँको पालिका भनेर चिनिन्छ । त्यहाँका प्रत्येक गृहिणीहरुले पाउँ बनाउँछन् र बजारमा बेचर राम्रो आम्दानी गरिहेका छन् । त्यहाँका एउटा भाइले भोगटेको बोक्राको पाउँ÷क्यान्डी बनाएर विदेशमा समेत बेचिरहेका छन् उनलाई अहिले क्यान्डी बनाउन भ्याइनभ्याइ भइरहेको छ, उनले भनन् तालिम लिइसकेपछि पछि उद्यमी बनेर आयआर्जन गर्न सक्ने बन्नु पर्छ, सोही उद्देश्य अनुरुप बागमती प्रदेश सरकारले उद्यमी बनाउने कार्यक्रम ल्याएको हो ।
प्रदेश सरकार र स्थानीय सरकार एउटै रथको दुई पाङ्ग्रा भएर अघि बढ्नु पर्ने उनको कथन थियो । उनले भनिन– “प्रदेश सरकार र स्थानीय सरकार एउटै रथको दुई पाङ्ग्रा भएर अघि बढ्नु पर्छ, आ–आफ्नो सुरले हिड्न थाल्यो भने देशको विकास पनि हुँदैन र नागरिकलाई पनि घाटा हुन्छ ।”
दीगो आम्दानी गर्नलाई उत्पादन वृद्धि गरी विदेशमा निर्यात गर्नपर्ने उनको भनाइ छ । स्थानीय सरकारहरुले तालिमको नाममा आफ्ना नजिकका मान्छेहरुलाई सहभागि गराउँने गरेको भन्दै त्यस्ता तालिमहरु प्रभावकारी बन्न नसक्ने बताइन् । उलने भनन् राजनीतिक पार्टीबाट टिकट पाएर निर्वाचित हुनु हाम्रो सौम्भाग्य हो तर निर्वाचित भइसकेपछि जनप्रतिनिधिहरु एकढिक्का भएर विकासमा लाग्नु पर्छ । जनप्रतिनिधिहरु पार्टीगत रुपमा गयौँ भने देशको विकास पनि हुँदैन र जनतालाई पनि घाटा हुन्छ उनले भनिन् । मन्त्री खड्गीले आफ्नो लक्ष्य राष्ट्रपतिसम्म बन्ने रहेको बताउँदै, कुनै पनि काम गर्दा लक्ष्य राखेर काम गर्नुपर्ने बताइन् ।
मन्त्री खड्गीको सम्मानमा आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापा मगरले निजी क्षेत्रको सशक्त संस्थाको रुपमा रहेको उद्योग वाणिज्य सङ्घसँग सङ्घीय, प्रदेश र स्थानीय सरकारले सहकार्य गरेर काम गर्न सकेको खण्डमा उद्योग तथा व्यापार व्यवसायलाई प्रवर्धन गर्न सकिने बताए । रामेछाप उद्योग वाणिज्य सङ्घले स्यानिटरी प्याडको उद्योग स्थापना गरी, जिल्लाभित्र र बाहिरी जिल्लाहरुमा समेत निर्यात गर्ने उद्देश्यसहित स्थानीय सरकारसँग पहल गरिरहेको भएपनि स्थानीय सरकारले सहयोग नगरेको बताए । त्यसका लागि स्थानीय सरकारसँग समन्वयका लागि सहजीकरण गरिदिन पनि अध्यक्ष थापा मगरले मन्त्री खड्गीलाई अनुरोध गरे ।
सिन्धुली जिल्लाले रामेछाप आउँने धुवानीका साधनमा सिन्डिकेट लागएको भन्दै उक्त सिन्डिकेट हटाउन पहल गरिदिन पनि उनले मन्त्री खड्गीलाई आग्रह गरे । सिन्धुलीबाट ७÷८ टनभन्दा ठुलो गाडी रामेछाप आउन नदिएकाले रामेछापको उद्योग व्यवसाय पछि परेको अध्यक्ष थापाले बताए । जसको कारण रामेछापको उपभोक्ता समेत भारमा परेको उनको भनाइ छ ।