९ कार्तिक, रामेछाप– संविधासभा सदस्य तथा नेकपाकी नेतृ कमला घिमिरे सुवेदीको निधन भएको छ ।
शनिबार बिहान पौने ३ बजे भक्तपुरको लोकन्थलीस्थित आफ्नै निवासमा सुवेदीको निधन भएको हो ।
२०२५ सालमा रामेछापको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा जन्मिएकी सुवेदीलाई केही वर्ष पहिले ब्रेनट्यूमर भएपछि सल्यक्रिया गरिएको थियो ।
ब्रेनट्यूमरको सल्यक्रिया गरिए पनि उनी निको भइनन् । केही वर्षदेखि उनी थलिएकी थिइन । सानै उमेरदेखि राजनीतिमा लागेकी सुवेदी संविधानसभाको सदस्य समेत भइन । सुवेदीको श्रीमान, एक छोरा र एक छोरी छन् ।
उनकोे पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक श्रोतले बताएको छ । सुवेदीको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएर श्रृद्धाञ्जली दिने कार्यक्रम रहेको बताइएको छ ।