Logo

सञ्जु पुरिको लागि साहारा बचत बन्यो दुःख सुखको साथी



तिलक कार्की


७ चैत्र, रामेछाप– मन्थलीबाट नजिकै मच्छेडाँडीदेखि माथि डाँडागाउँ पर्दछ । त्यही ठाउँमा चिटिक्क परेको सफा घर अनि खुशी र सुखी परिवार छ सञ्जु पुरीको । परिश्रमी, पौरखी परिवार भएकी पुरी अहिले पशुपालन व्यवसायमा लागेकी छन् । पशुपालन व्यवसायबाट दैनिक पच्चिस सय रुपैयाँ हात पार्छिन् उनले । व्यवसायिकताको सारथी बनेको छ साहारा वचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली ।
सञ्जुको श्रीमान् अर्जुन पुरीले १५ वर्ष भारतको छत्तिस गढमा बिताए । भारत बस्दा सेक्युरिटीमा काम गर्ने क्रममा उनले गाई, भैसी पालेर राम्रो आम्दानी गर्न सकिने कुरा थाहा पाए । पशुपालन ब्यवसायलाई आम्दानीको राम्रो अवसरको रुपमा उनले देखेपछि नेपाल आएर पशुपाल ब्यवसाय गर्ने सोच बनाए । जागिरबाट नेपाल फर्किएपछि मन्थलीमा दूधको बजारको अवस्था बुझे । मन्थलीमा पुशपालनबाट आम्दानी गर्न सक्ने सम्भावना देखिपछि उनले परिवारमा सल्लाह गरे । परिवारसँगको सल्लाहपछि गाई पालन गर्ने अन्तिम निधोमा पुगे पुरी परिवार । तर उनीहरुसँग जगेडा पैसाले गाई पालन ब्यवसाय सञ्चालन गर्न नपुग्ने भयो । त्यसपछि श्रोतको खोजीमा लागे । सञ्जुले आपूm सदस्य भएको साहारा सोकोसलाई सम्झिइन र ऋण पाइने आशामा साहारा साकोसमा गइन । भनिन्छ भगवानले तँ आँट म पु¥याउँछु । सञ्जुको लागि त्यो युक्ति साहारा साकोसले सावित गरिदियो ।
ब्यवसायिक योजना सहित ऋण माग्न साकोसको कार्यालय पुगिन । नभन्दै दश लाख ऋण पास पनि भयो । योजना अनुसार गोठ तयार भयो । काठमाडौंबाट गाई ल्याएर बजारमा दूध ब्यवसायिहरुसँग सल्लाह गर्दा ब्यवसायिले दूध लिन नमानेपछि उनी आत्तिइन । लगानी फस्ने उनलाई डरलागिरहेको थिया तर समस्याको समधान पनि भयो । दूग्ध ब्यवसायिले भैँसी र गाईको दूध मिलाएर ल्याउनु भनेपछि उनीमा खुसी छायो र गाई गोडमा भैँसी पनि थपियो । सञ्जु पुरी थप्छिन्–“अहिले माउ गाई ४ वटा, बाच्छाबाच्छी ४ वटा र भैँसी २ वटा छन् । मासिक रुपमा ब्याज बुझाउन, त्रैमासिक रुपमा ५० हजार किस्ता तिर्न पुगेकै छ । गाई भैसीको गरि दिनमा ४७ लिटर दूध हुन्छ । प्रतिलिटर ६० रुपैयाँमा बिक्री हुन्छ ।
सञ्जुले अहिले नेपाल सरकारबाट एक लाख रुपैयाँ अनुदान समेत पाएकी छन् । अनुदान रकमबाट गोठ सुधार र थप गर्ने उनको योजना छ । गाई पनि थप गर्ने सोचमा छन् उनी । उनको श्रीमान्लाई नआउने काम भने कमै छ । गाह्रो लगाउने, ढलान, प्लाष्टर लगायतको काम आफैँ गर्छन् । पुरीको घरमा पाँहुना पुग्दा मीठो दहीले स्वागत गर्छिन । पुरीको हँसिलो अनि रसिलो पारिवारिक वातावरणको सारथी बनेको छ, साहारा वचत ।

प्रतिक्रिया दिनुहोस्