२४ जेठ, काठमाडौं– लकडाउनको कारण रोजगारी खोसिएर भोकै परेका सडक मजदुरहरुलाई खाना खुवाउन दाङको खोराहीमा कार्यरत प्रहरी निरीक्षक दिनेश रिमालले सहयोग गरेका छन् ।
प्रहरी निरीक्षक रिमालले शनिबारको लागि २ सय जना मजदुरलाई खाना खुवाउन लगेको सम्पूर्ण खर्च सहयोग गरेको चैत्र २९ गतेदेखि सडक मजदुरलाई खाना खुवाउँदै आएका युवा समाजसेवि प्रदिप घिमिरेले जानकारी दिए ।
अच्छाम जिल्ला घर भई दाङमा कार्यरत प्रहरी निरीक्षक रिमालले उनका साथी प्रदिप घिमिरेले सञ्चालन गरिरहेका सेवा कर्ममा साथ दिंदै आजको लागि २ सय जना मजदुरलाई खाना खुवाउन सहयोग गरेका हुन् ।
कलेज पढ्दाका आफ्ना असल साथी समेत रहेका प्रहरी निरीक्षक दिनेश रिमालले आफ्नो सेवा कर्मलाई साथ दिंदै २ सय जना सडक मजदुरलाई एक दिनको लागि खाना खुवाउन लाग्ने सम्पूर्ण खर्च सहयोग गरेकोमा खुसी ब्यक्त गर्दै घिमिरेले धन्यावद समेत ब्यक्त गरे ।