Logo

काङग्रेस नेता तथा समाजसेवि भरत चौलागाईद्वारा ६ सय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण



रामेछाप । नेपाली काङग्रेसका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिकाका विभिन्न चार वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेका छन् ।
सोमबार सम्बन्धित विद्यालयहरुमा आयोजित कार्यक्रममा नेता चौलागाईले न्यानो कपडा (ट्याकसुट) वितरण गरेका हुन् । चौलागाईले आफुले गरेको सहयोग विशुद्ध सामाजिक भएको र बालबालिकाहरुलाई जाडोको बेलामा पठनपाठनमा सहज होस भन्ने उद्देश्यले अभिप्ररित भएर गरिएको कार्य भएको उल्लेख गरेका छन् ।
मन्थली–८ को नबदर्शन आधारभुत विद्यालय र जगदम्बा आधारभुत विद्यालय, वडा नम्बर ११ को मनकामना मावि नाटीला र शारदा मावि गेलुमा अध्ययन गर्ने करिब ६ सय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको चौलागाईले वताए ।
राजनीति सगैं सामाजिक काम गर्दै आएका चौलागाईले यस अघी विभिन्न विद्यालयमा न्यानो कपडा वितरण गरीसकेका छन् । केहि महिना अघि मात्र कठजोरमा झण्डै १ हजार २ सय विद्यार्थीहरुलाई उनले न्यानो कपडाका साथै जेहेन्दार तथा गरिव वालबालिकाहरुलाई छात्रवृद्धि र विद्यालय झोला वितरण गरेका थिए ।
केहि बर्ष अघी देखि रामेछापका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री, कम्प्युटर लगायतका उपकरणमा समेत चौलागाईको उल्लेख्य सहयोग हुदै आएको छ । नेता तथा समाजसेवि चौलागाईले मठमन्दिर, गुम्बा र देबालय निर्माण र स्वास्थ्य सेवाका लागि सहयोग गर्दै आएका थिए ।
न्यानो कपडा वितरण कार्यक्रममा नेपाली काङग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, जिल्ला उपसभापति नबराज थोकर र सचिव बिनोद कार्की लगाएतका नेताहरुले  समेत समाजसेवि चौलागाईले समाज र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानले शिक्षा क्षेत्रको श्रीबृद्धि गर्नमा सहयोग पुग्नुका साथै अविभावकहरुलाई थोरै भएपनि आर्थिक रुपमा मद्धत पुग्ने कुरामा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्