सन्तोष ढुङ्गेल
रामेछाप- देख्दा सामान्य लाग्ने तर मनग्ये आम्दानीको श्रोत बनेको छ ड्रायगन खेती । जिल्लामा पछिल्लो समयमा व्यवसायिक खेतीनै गरेर लाखौँ रकम भित्र्याउँ छन् रामेछापका कृषक । अझ कतिले त घरका छत र कौसीमासमेत खेती गरिरहेका छन् ।
यस्तै एक व्यक्ति हुन् उमेरले झन्डै साँडे ६ दशक पार गरिसकेका रामेछापका कृषक शिबराम श्रेष्ठ । जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर –८ निवासी श्रेष्ठले केही साल अघि लकडाउनको बेला समय बिताउने माध्यम केही नभए युटुब हेर्ने गर्थे । युटुब हेर्दै गर्दा उनले ड्रायगन खेतिको बारेमा एक भिडियो देखे । मनमा उत्सुकता जाग्यो र खेती गरी छाड्ने निर्णयमा पुगे श्रेष्ठ ।
अब उनलाई ड्रायगनको बिरुवा कहाँ पाइन्छ र कसरी प्राप्त गर्ने भन्ने सोच्न थाले । चितवन लगायत केही जिल्लामा पाइन्छ भन्ने थाहा पाएर श्रेष्ठले प्रति बिरुवा ३ सयका दरले बिरुवा मगाएर खेती सुरु गरे ।
उनको खेतीलाई छिमेकीले पत्याएनन् र भने यो त फल हैन सिउँडीको बोट हो भन्दा शिबराममा केही शंका र कौतुहता छायो । जेहोस् किनीहाले अब जे होलाभन्दै आफ्नो कर्मलाई निरन्तरता दिए । जब बिरुवा हुर्कँदै फल दिन थालेपछि हर्षित हुँदै श्रेष्ठले आफैँ बिरुवा उत्पादन गर्ने सोच बनाएर उत्पादन सुरु गरे ।
श्रेष्ठले अहिले सरल मुल्यमा ड्रायगनको बिरुवासमेत बिक्री वितरणसमेत गरिरहेका छन् । अन्य खेतीभन्दा चाँडै उत्पादन हुने र धेरै आम्दानी हुने भएकाले शिबरामले अहिले झन्डै ५ रोपनी क्षेत्रफलमा ड्रायगन खेती गरेका छन् । पहिला बजारको समस्या थियो अहिले माग अनुसार पुर्याउनसमेत धौ–धौ परेको शिबराम श्रेष्ठ बताउँछन् । गत वर्षभन्दा यो वर्ष उत्पान धेरै भएका ५ देखि ६ लाख सम्मको ब्यापार हुने उनको भनाइ छ ।
शिबराम भन्छन् –“दैनिक सयौँ युवा विदेशिएका छन् आफ्ना खेतबारी बाँझो छ त्यहीँ खेती गरे यहीँ हिरा फलाउन सकिन्छ । अर्काको देशमा लगाउने श्रम र बगाउने पसिना यही बगाए किन जानु बिदेश ।”
