Logo

पत्रकार हत्याको विरोधमा रामेछापमा  विराेधसभा



आगो लगाएर पत्रकारको विभत्स हत्या गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग

पत्रकारको आन्दोलनमा जनप्रतिनिधि, राजनीतिक दल र सामाजिक सङ्घसंस्थाद्धारा ऐक्यवद्धता

पत्रकारको विभत्स हत्या गरिनुले शाही शासनमा प्रेसमाथि गरिएको दमनको झल्को दिएको पत्रकारहरुको भनाइ ।

रामेछाप- शुक्रवार राजावादीले आव्हान गरेको आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा रामेछापका पत्रकारहरुले विरोधसभा गरेका छन् ।
काठमाडौँको तिनकुनेस्थित एक घरमा राजावादीले लगाएको आगलागीमा परी एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । उक्त घटनाको विरोधमा शनिवार रामेछापका पत्रकारहरुले विरोधसभा आयोजना गरेको हो ।

नेपाल पत्रकार मसहाङ्घद्धारा आयोजित उक्त विरोधसभामा बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठलगायत राजनीतिक पार्टीका नेता तथा सामाजिक संस्थाका प्रतिनिधिहरुले समेत पत्रकारको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

राजनीतिक दलका अगुवा र सामाजिक संघसंस्थाका प्रतिनिधिले उक्त घटना जघन्य भएको बताउँदै दोषिलाई कारबाही गर्न माग गर्दै पत्रकारहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।
उक्त विरोध सभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिकले आन्दोलनको रिपोर्टिङका क्रममा घरभित्र थुनिएको अवस्थामा आगोमा जलेर पत्रकारको मृत्यु हुनु भनेको पत्रकारहरुको लागि मत्रै नभएर मानव जातिकै लागि दर्दानक घटना भएको बताए ।


एउटा पत्रकारलाई घरभित्र थुनेर ओगो लगाएर हत्या गर्ने कुरा पत्रकारको मात्र नभर आम सर्वसाधारण नागरिकसँग समेत जोडिएको विषय भएको उनले बताए । पत्रकार पथिकले यस्ता घटनाको विश्वभरीका मानव समुदायले भत्सर्ना गर्नुपर्ने भन्दै उक्त घटनाको जति भत्सर्ना गरेपनि कम हुने बताए । मानिसको बाँच्न पाउने अधिकार पहिलो भएको बताउँदै पत्रकार पथिकले भने– राजावादीहरुले नेपालको संविधानले व्यवस्था गरेको संवैधानिक व्यवस्थाअनुसार संसदमा दुईतिहाई बहुमत पुर्याएर राजा ल्याउन उहाँहरुको लागि बाटो खुल्ला छ तर हिजोको आन्दोलन कुनैपनि सङ्गठीत संस्थाले गर्ने आन्दोलन थिएन, पुरै अराजक, लुटपाट र हिंसात्मक थियो ।

नेपाल पत्रकार महासङ्घ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरेले कथित जनआन्दोलनको नाममा पत्रकारको हत्या गरिनु दुर्भाग्य भएको बताए । हिजो हामीले लोकतन्त्रको लागि आन्दोलन गर्दा राजले जनतामाथि गरेको दमन र हिंसा नेपाली जनताकै लागि दुर्भाग्य थियो । हिजोको घटनामा पनि आन्दोलनकारीका नेतृत्वकर्ताहरुले हिंसात्मक गतिविधिाका लागि उक्साएको देखियो, यो जघन्य घटना हो, उनले भने– यसमा राज्य पक्षबाटसमेत केही कमिजोरी भएको पाइयो ।


त्यस्तै पत्रकार महासङ्घ रामेछापका पूर्वअध्यक्ष हिमाल ढुङ्गेलले २०६२/०६२ को जनआन्दोलनमा राजाले प्रेसमाथि जसरी दमन र प्रतिवन्ध लागाएको थियो, हिजोको घटनाले पनि ठ्याक्कै त्यही घटनाको झल्को दिएको बताए । शाही शासनको बेलामा राजाले राज्य लगायत मिडियामाथि दमन गरेको थियो, अहिले गुण्डा लगाएर दमन गरिएको छ, यो आपत्तिजन मात्र होइन, गणतान्त्रिक व्यवस्था माथिकै ठुलो प्रहार हो, पत्रकार ढुङ्गेलले भने । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र वाहेक अरु हुनै नसक्ने पनि उनले बताए ।

पत्रकार सन्तोष ढुङ्गेलले पत्रकारको सुरक्षा गर्न राज्यको दायित्व भएको बताए । पत्रकारको सुरक्षा दिन नसक्नु राज्यको कमजोरी भएको उनको भनाइ छ ।

प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विकले राजावादीद्धारा हत्या गरिएको पत्रकार सुरेश रजकले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताए ।

नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दिपकुमार घिमिरेले पत्रकार सुरेश रजकको हत्याको विरोधमा विरोध सभा आयोजना गरिएको बताए ।

सञ्चारगृहमा ढुङ्गामुडा हुलहुज्जत गर्ने, आक्रमण गर्ने र रिपोर्टिङमा खटिएका पत्रकारको विभत्सरुपमा हत्या गर्नेलाई कानुनी कारबाहीको दायरमा ल्याउन पनि घिमिरेले सरकारसँग माग गरे ।
नेपाल पत्रकार महासङ्घले शुक्रबार साँझनै परिपत्र गरी देशैभर विरोधका कार्यक्रम सञ्चालन गर्न आव्हान गरेको थियो । महासङ्घको स्थापना दिवसका अवसरमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरु शनिवार स्थगित गरी पत्रकारहरु तथा सञ्चारकर्मी पत्रकारको हत्या र सञ्चारगृहमा तोडफोडको विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्