Logo

पूर्वाधार कार्यालय रामेछापका हाकीम आफिको ढोका थुनेर एसी ताप्दै, समयमै आयोजना सम्पन्न नहुँदा रामेछापवासी भने सास्ती खेप्दै



रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुन उनको कार्यकक्षको ढोका कार्यालय समयमा सधैैैँ बन्द गरेर बस्छन् । कार्यालय समयमा ढोका थुनेर बस्न मिल्छ र ? भन्ने पत्रकारको जिज्ञासामा उनी भन्छन् यो मेरो निजी कुरा हो । एसी चलाउनका लागि ढोका बन्द गरेर बस्ने गरेको उनको तर्क छ । उक्त कार्यालय मार्फत सञ्चालीत कयौँ आयोजनाहरु अलपत्र हुँदा उपभोक्ताले सास्ती खेपिरहेका छन् तर कार्यालय प्रमुख पुन भने कार्यकक्षमा ढोका बन्द गरेर एसीको आनन्द लिइरहेका छन् ।

विकास निर्माणको काम अलपत्र पारी कार्यालयमा ढोका थुनेर बस्ने पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्रप्रसाद पुन मगरलाई कारबाही गर्नुपर्ने रामेछापवासीले माग गरेका छन् ।
कार्यालय समयमा सरकारले तोकेको कर्मचारीको पोसाकसमेत नलाई ढोका थुनेर बस्ने र सेवाग्राहीप्रति रुखो व्यवहार गर्ने तर जिम्मेवारीको पूर्वाधार निर्माणका काममा ध्यान नदिने पुनको व्यवहारको कारण स्थानीय आक्रोशित भएका हुन् ।

सो कार्यालय मार्फत रामेछाप जिल्लामा सञ्चालनमा रहेका योजनाहरू लामो समयदेखि अलपत्र अवस्थामा छन् । जसको कारण स्थानीयले सास्ती भोग्नु परेको छ भने राज्यको रकम दुरुपयोग भइरहेको छ ।
सो कार्यालय मार्फत सञ्चालनमा रहेका ठुला आयोजनाहरू पकरबास–गोगनपानी–गाल्पा सडक, गोगनपानी–गागल सडक, खिम्ती–रस्नालु ठोसे सडक लगायतका थुप्रै सडक आयोजनाहरू तथा विभिन्न स्थानका पक्की पुलहरू अलपत्र अवस्थामा छन् । निर्माण व्यवसायीसँग सम्झौता भएको म्याद सकिँदा पनि काम लगाउनेभन्दा पनि कार्यालयले म्याद थप गर्दै बसेको छ । स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलोको हैरान खेपिरहेका छन् ।

 

सो कार्यालय मार्फत रामेछाप जिल्लामा सञ्चालनमा रहेका योजनाहरू लामो समयदेखि अलपत्र अवस्थामा छन् । जसको कारण स्थानीयले सास्ती भोग्नु परेको छ भने राज्यको रकम दुरुपयोग भइरहेको छ ।
सो कार्यालय मार्फत सञ्चालनमा रहेका ठुला आयोजनाहरू पकरबास–गोगनपानी–गाल्पा सडक, गोगनपानी–गागल सडक, खिम्ती–रस्नालु ठोसे सडक लगायतका थुप्रै सडक आयोजनाहरू तथा विभिन्न स्थानका पक्की पुलहरू अलपत्र अवस्थामा छन् । निर्माण व्यवसायीसँग सम्झौता भएको म्याद सकिँदा पनि काम लगाउनेभन्दा पनि कार्यालयले म्याद थप गर्दै बसेको छ । स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलोको हैरान खेपिरहेका छन् ।

तोकिएको समयमा सडकको काम सम्पन्न नभएको तर पटक पटक म्याद थप गर्दा पनि काम नभएको भन्दै खाँडादेवी गाउँपालिकाका स्थानीयले यस अघि पनि सो कार्यालयमा ताला लगाएका थिए । स्थानीयले ताला लगाएपछि ६ महिना अघि नै सडक सम्पन्न गर्ने सहमति भएको ती सडक अहिले पनि अलपत्र अवस्थामा छन् ।
सो कार्यालयले गोकुलगङ्गाको बाटो ग्राभेल गराउँछु भनेर ढाँटेको दुई वर्ष भएको र अहिले रस्नालुको माथ्लो बाटो यातायात साधन नै नचल्ने अवस्थामा पुगेको गोकुलगङ्गा गाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवार बताए ।
विकास निर्माणको काममा ध्यान नदिने, कार्यालय समयमा सरकारी पोसाकसमेत नलगाउने, सेवाग्राहीलाई रुखो व्यवहार गर्ने अराजक कर्मचारीलाई यथाशीघ्र कारबाही हुनु पर्ने माग नेपाली काङ्ग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीको रहेको छ । कार्कीले यसमा प्रमुख जिल्ला अधिकारकोसमेत ध्यानाकर्षण गराएका छन् । ‘कार्यालय समयमा कार्यालय प्रमुखले ड्रेस कोड नमान्नु मर्यादा विपरीत हो, अरू कुरा खुल्दै जाला’, कार्कीको भनाइ छ ।

यस्ता कार्यालय प्रमुखलाई प्रशासनले निगरानीमा राखी कारबाहीको दायरामा ल्याउनु पर्ने माग नेकपा माओवादी केन्द्रका नेता हेमन्त पौडेल निकासको रहेको छ । अन्यथा जनता चुप लागेर नबस्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ रामेछापका पूर्वअध्यक्ष हिमाल ढुङ्गेलले कार्यालय प्रमुख पुन अत्यन्त गैरजिम्मेवार कार्यालय प्रमुख भएको प्रतिक्रिया जनाएका छन् ।
आफू काम नगर्ने तर काम भएन भन्ने कुरा उठाउनेलाई नै मुद्दा लगाउँछु भन्दै कार्यालय प्रमुख पुन हिँड्ने गरेको पत्रकार नवीन घिमिरेले बताउँछन् । ‘यी हाकीम साहेबले केही हप्ता अगाडि सबै पत्रकारलाई मुद्दा हाल्छु भन्दै हुनुहुन्थ्यो’, सामाजिक सञ्जाल फेसबुकमा घिमिरेले लेखेका छन् ।

खाँडादेवी गाउँपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष मदन खड्का पनि पुनको व्यवहार निक्कै अराजक भएको बताउँछन् । जनताको मुद्दा लिएर जाँदा आफूहरूमाथि पुनले दुव्र्यवहार गरेको उनले बताए ।

सामाजिक सञ्जालका केही प्रयोगकर्ताले भने पुनको विरुद्ध आवाज उठाउने पत्रकारहरूको असार मसान्तमा बार्गेनिङ नमिलेको प्रतिक्रियासमेत जनाउन भ्याएका छन् । ‘साँच्चिकै कार्यालयमा गलत भएकै पो हो कि, पत्रकारहरूलाई असार मसान्तमा चित्त बुझाउन नसकेको हो ?’, सामाजिक सञ्जाल फेसबुकमा रामेछाप नगरपालिकाका लालबहादुर तामाङले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्