रामेछाप- प्रेस काउन्सिल नेपालबाट मिति २०८२ माघ २० गते प्राप्त इमेल तथा पत्र सङ्ख्या ०८२/८३, च.नं. ७०५ बमोजिम मिति २०८२ पुष २८ गते “सेतो गुराँसको मनोमानी, बिनाकारण कर्मचारी हटाउनेदेखि तलब काट्ने सम्मको हर्कत” शीर्षकमा हाम्रो अनलाइन न्यूज डटकममा प्रकाशित समाचार सम्बन्धी खण्डनलाई स्थान दिन दिएको निर्देशनअनुसार समाचार खण्डनलाई स्थान दिइ प्रकाशन गरिएको छ । साथै, हाम्रो सञ्चारमाध्यम सधैँ पत्रकार आचारसंहिता तथा पेशागत मर्यादा पालना गर्न पूर्ण प्रतिबद्धसमेत रहेको छ ।
काउन्सिलको निर्देशन तथा सम्बन्धित पक्षलाई खण्डन गर्ने अधिकारको सम्मान गर्दै खण्डन प्रकाशन गरिएको भए पनि प्राप्त खण्डनमा उल्लेख गरिएझैँ समाचार एकपक्षीय र तथ्यहीन नभएको दावी भने हामी पेश गर्दछौँ ।
सम्बन्धित संस्था सेतो गुराँससँग प्रतिक्रिया लिन खोज्दा अस्वीकार गरिएको थियो । त्यसपछि सूचनाको हक अन्तर्गत रामेछाप जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमहरूले संयुक्त रूपमा सूचना माग गर्दा समेत कानुन अनुसार सूचना दिनुपर्ने १५ दिनेको समयसीमा सकिदासमेत सूचना दिन दिएको छैन । कानुनअनुसार सरकारी, गैरसरकारी तथा सेवा प्रदायक संघसंस्थाहरूले नागरिकले माग गरिएको सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर सेतो गुराँले सूचना लुकाइरहेको छ ।
समाचारमा नाम उल्लेख गरिएका व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरीसमेत दिएका छन् । हाम्रो समाचार स्रोतप्रति हामी विश्वस्त छौँ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको उजुरी, संस्थाको प्रतिक्रिया दिन अस्वीकार तथा सूचनाको हक अन्तर्गत माग गरिएको सूचना उपलब्ध नगराइनुले पनि समाचार एकपक्षीय नभएको पुष्टि गर्दछ । प्रेस काउन्सिलले समाचार खण्डनलाई स्थान दिन गरिएको निर्देशनअनुसार खण्डनलाई स्थान दिनुका साथै निम्न सामग्रीहरु समेत हामीले प्रेस काउन्सिलमा पेश गरेका छौँ । छानविनको लागि आवश्यक परेमा जुनसुकै बेला प्रमाणसहित उपस्थित हुन तयार छौँ । सम्पादक
प्रेस काउन्सिलमा पेस गरिएको सामग्रीहरु
१. पीडित पक्षका भिडियो बाइट – २ जना
२. पीडित पक्षका अडियो – २ जना
३. जिल्ला प्रशासन कार्यालय रामेछापमा दर्ता गरिएको उजुरीको प्रतिलिपि
४. कर्मचारी र संस्थाबीचको ह्वाट्सएप संवादको स्क्रिनसट
५. सूचनाको हक अन्तर्गत दुई पटक माग गरिएको निवेदनको प्रतिलिपि – २ थान
६. अन्य अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारका लिंक
७. जिल्लाका दैनिक तथा साप्ताहिक पत्रिकामा प्रकाशित समाचारको पीडीएफ फाइल
प्रेस काउन्सिल मार्फत प्राप्त खण्डन जस्ताको जस्तै



सेतो गराँससँग सूचना माग गरिएको निवेदन


