Logo

बाँकी पालिकाहरुले पनि सामी कार्यक्रम लागू गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ



रामेछाप- रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले रामेछाप जिल्लामा सामी कार्यक्रम लागू नभएका पालिकाहरुले पनि उक्त कार्यक्रम लागू गर्नु आवश्यक रहेको बताए ।

युवाहरु रहर र बाध्यता दुवै किसिमले विदेश गएका छन्, नेपालमा सरकारी जागिरे भएकाहरुसमेत नेपालमाभन्दा विदेशमा राम्रो अवसर देखेर पनि विदेशिएका छन्, नगरप्रमुख श्रेष्ठले भने ।

नगरप्रमुख श्रेष्ठ भन्छन्– सरकारले परिकल्पना गरेका कुरा नराम्रा होइनन्, तर सरकारले जनतासम्म यो कार्यक्रमलाई पुर्याउन नसकेको हो कि, हामीले निर्माण गरेको संरचनाले काम नगरेको हो उनले भने पहिला सामी कार्यक्रममा सरकारले ३० प्रतिशत लगानी गरेको थियो तर अहिले सरकारले महत्व दिएर ७० प्रतिशत लगानी गरेको छ । त्यो कार्यक्रमबाट राम्रो प्रतिफल आएर नै सरकारले महŒव दिएको हो, यो कार्यक्रम सरकारले हचुवाको भरमा अघि बढायो भनेर हामी भ्रममा पर्नु हुँदैन । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरण परिचयात्मक कार्यक्रम तथा अन्तर स्थानीय सरकार समन्वय बैठकमा उनले यस्तो बताएका हुन् ।

सेवा दिने र लिनेबिच समन्वय हुनु पर्ने भन्दै सेवा लिने मान्छेले पनि गम्भीरतासाथ लिएमात्र अघि जान सकिने नगरप्रमुख श्रेष्ठको भनाइ छ । नगरप्रमुख श्रेष्ठले भने– अहिले रामेछाप जिल्लाका ५ वटा पालिकाहरुमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन भएको छ । ती पालिकाहरुबाट विदेश जाने क्रम रोकियो कि रोकिएन्, विदेश जाँदा सिप सिकेर गए कि गएनन्, यहाँ सिकेर गएको सिपअनुसार काम पाएकी पाएनन् र विदेशबाट फर्किएपछि अरुलाई के सूचना दिए भन्ने कुरालाई पनि महत्व दिएर अघि बढ्नुपर्छ । “यहाँबाट जाँदा १६ सय भनेर गएको उहाँ पुगेपछि ८ सय मात्रै पाएँ भनेर एकजना भाइले भन्नुभयो, यो पनि (सरकारको) हाम्रो समन्वयको कमजोरी हो”, नगरप्रमुख श्रेष्ठले भने । न्याय एउटाले पाएँपछि अरुले पनि क्रमशः पाउने नगरप्रमुख श्रेष्ठको भनाइ छ । सामी कार्यक्रम नेपाल सरकारको कार्यक्रम भएकाले सबैले अपनत्व लिएर कार्यक्रम सञ्चाल गर्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्