Logo

भोलीबाट एसइई परीक्षा, रामेछापबाट २ हजार ७ सय विद्यार्थी सहभागि हुँदै



रामेछाप- यस वर्ष रामेछाप जिल्लाबाट एसइई परीक्षामा २ हजार ७ सय ४ विद्यार्थी सहभागि हुँदै छन् । बिहिवार (भोली)बाट सञ्चालन हुने एसइई परीक्षामा रामेछाप जिल्लाबाट २ हजार ७ सय ४ जना विद्यार्थी सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ रामेछापकाअनुसार यस वर्ष जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकामा १९ वटा परीक्षा केन्द्र तोकिएको छ ।

यस वर्षको एसइईमा नियमित साधारणतर्फबाट २ हजार ३ सय १८ जना र प्राविधिकतर्फबाट १ सय १३ जना परीक्षामा समेल हुने शिक्षा विकास तथा समन्य इकाइ रामेछापले जनाएको छ । समन्वय इकाइकाअनुसार ग्रेडवृद्धि साधारणतर्फबाट २ सय ६९ जना र प्राविधिकतर्फ ४ जनासहित जिल्लाका ९१ विद्यालयबाट २ हजार ७ सय ४ जना परीक्षार्थीहरूले परीक्षा दिँदै छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ रामेछापकाअनुसार उमाकुण्ड गाउँपालिमा रहेको सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रबाट १ सय ३३ जना, चण्डेश्वरी माध्यमिक विद्यालय प्रिती परीक्षा केन्द्रबाट ७३ जना, गोकुलगङ्गा गाउँपालिकाको शारदा माध्यमिक विद्यालय ठोसे केन्द्रबाट ८० जनाले र जनजागृति माध्यमिक विद्यालय बेताली केन्द्रबाट १ सय ४४ जनाले परीक्षा दिने शिक्षा विकास समन्वय इकाइ रामेछापले जानकारी दिएको छ ।

त्यसैगरी लिखु तामाकोसी गाउँपालिकाको तामाकोसी जनजागृति माध्यमिक विद्यालय खिम्ती परीक्षा केन्द्रबाट १ सय २२ जना, सोही गाउँपालिकाको झट्टेश्वर माध्यमिक विद्यालय धोबी केन्द्रबाट १ सय ४६ जना र त्रिपुरेश्वर माध्यमिक विद्यालय दुरागाउँ केन्द्रबाट १ सय ११ जनाले परीक्षा दिँदै छन् ।

मन्थली नगरपालिकाको कालीदेवी माध्यमिक विद्यालय फुलासी परीक्षा केन्द्रबाट ९० जना, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस केन्द्रबाट १ सय ७४ जना, नागकन्या माध्यमिक विद्यालय गडवारी मन्थली परीक्षा केन्द्रबाट १ सय ८६ जनाले परीक्षा दिने छन् ।

मन्थली माविको (क) परीक्षा केन्द्रबाट प्राविधिक धारका १ सय १२ जना विद्यार्थीले परीक्षा दिने छन् भने मन्थली मावि (ख) परीक्षा केन्द्रबाट २ सय ४४ जना र मन्थली मावि (ग) परीक्षा केन्द्रबाट २८ जनाले परीक्षा दिने छन् । रामेछाप नगरपालिकाको गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछाप परीक्षा केन्द्रबाट २ सय १० जना र हिमगङ्गा बहुमुखी क्याम्पस र साँघुटार परीक्षा केन्द्रबाट २ सय १० जनाले परीक्षा दिँदै छन् ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाको प्रयागेश्वर क्याम्पस पकरबास परीक्षा केन्द्रबाट २ सय २६ जना, दोरम्बा शैलुङ गाउँपालिकाको कण्ठेश्वर माध्यमिक विद्यालय टोकरपुर केन्द्रबाट १ सय ७ जना र कालिका माध्यमिक विद्यालय लखनपुर केन्द्रबाट १ सय ५ जनाले परीक्षा दिने छन् । त्यस्तै सुनापति गाउँपालिकाको डहु माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट १ सय १ जना विद्यार्थीले एसइई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खजुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्