Logo

मन्थली क्याम्पस स्ववियु अध्यक्षमा थापा निर्वाचित



रामेछाप- मङ्गलवार भएको स्ववियु निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित भएका छन् । त्यसैगरी सचिव र कोषाध्यक्ष पदमामा पनि अनेरास्ववियुकै उम्मेदवारहरु निर्वाचित भएका छन् । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै मसली तामाङ निर्वाचित भएकी छन् ।

अनेरास्ववियुका शुशिल थापाले २ सय ७ मत पाएर स्ववियु अध्यक्षमा निर्वाचित हुँदा नेविसङ्घका विपुल रोकाले १ सय ५२ मत पाएका छन् भने अखिल क्रान्तिकारीका अध्यक्ष पदका उम्मेदवार अनोज भुजेलले ६५ मत ल्याएका छन् ।

त्यस्तै सचिवमा अनेरास्ववियुका मुकेश भण्डारीले १ सय ८५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेविसङ्घका युवराज बुढाथोकीले १ सय ६५ मत ल्याएका छन् भने अखिल क्रान्तिकारीका बिनिता माझीले ७० मत पाएकी छन् ।

कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुकै उम्मेदवार मसली तामाङ २ सय ३ मत ल्याएर निर्वाचित भएकी छन् । नेविसङ्घको तर्फबाट कोषाध्यक्षका उम्मेदवार छाया तामाङले १ सय ३६ मत पाएकी छन् भने अखिल क्रान्तिकारीका उम्मेदवार राजकुमार श्रेष्ठले ७९ मत पाएका छन् ।

मङ्गलवार सम्पन्न स्ववियु निर्वाचनमा मन्थली सहित स्मृति बहमुखी क्याम्पसका ५ सय ३१ मतदाताहरु मध्ये ४ सय २७ जनाले मतदान गरेका थिए । खसेको मतमध्ये ३ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्