Logo

रामेछापकी हायु काङ्ग्रेसबाट समानुपातिकमा सिफारिस



रामेछाप । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काङ्ग्रेस रामेछापले कुमारी हायुलाई समानुपातिक सांसदको लागि सिफारिस गरेको छ । लोपोन्मुख जातीमा पर्ने हायु समुदायको अहिलेसम्म राज्यको कुनै माथिल्लो निकायमा सिफारिस भएको थिएन । हायुको उम्मेदवारी नेपाल भरिमै एक मात्र रहेको कुमारी हायु बताउँछिन् ।

नेपाल लोकतन्त्रवादी हायू सङ्घको केन्द्रीय अध्यक्षसमेत रहेकी हायुले २०६३ सालमा गौरीशङ्कर बृहत् शिक्षा क्याम्पसमा एमाले को किल्लामा नेपाल विद्यार्थी सङ्घको उदय भए देखिनै सक्रिय राजनीतिमा रहेको उनको भनाइ छ । राज्यले लोपोन्मुख जातीलाई राज्यको कुनै निकायमा अवसर नदिएको बताउँदै हायु भन्छिन् –“म जस्तोसुकै नेतृत्वको अवसर दिएमा सम्हाल्न सक्छु ।”

कुमारी हायुको राजनैतिक यात्रा यसरी सुरु भएको थियो
–विद्यार्थी जीवनमा नेपाल विद्यार्थी सङ्घ रामेछापको कोषाध्यक्ष रही कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको ।
–१० वर्ष अघिदेखि नेपाली काङ्ग्रेसको सक्रिय सदस्य रहि सक्रियतापूर्वक नेपाली काङ्ग्रेसको सङ्गठन वनाउन लागिपरेको
–नेपाली काङ्ग्रेसको विभिन्न आन्दोलन, विरोध सभा तथा अभियानमा सक्रिय सहभागी,
–विभिन्न सामाजिक संस्थामा रहि समाज सेवाको कार्य गरेको,
–नेपाल हायू महिला समाजको केन्द्रीय अध्यक्ष भइ समाजको हित हुने कार्य गरिरहेको
–हायू एकता समाजको केन्द्रीय सदस्य भई कार्य गरेको,
–G.P. कोइराला फाउण्डेशन रामेछापको जिल्ला कार्य समिति कोषाध्यक्ष रहदा र सचिव भइ नेपाली काङ्ग्रेसको सङ्गठन वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको,
–एम्नेष्टी इन्टरनेशनलमा विगत १० वर्षदेखि पीडित बालबालिका साथै मानव अधिकार सम्बन्धी काम गर्दै आएको,
–विभिन्न संघसंस्थामा रहि महिला, दलित, बालबालिका, आदिवासी जनजाति साथै उत्पीडित वर्गको हकहितमा अनवरत कार्य गर्दै आएको ।
योसँगै आगामी निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीले लोपोन्मुख जातीलाई देशको सांसद भएर नयाँ इतिहाँस रच्नेमा आफू ढुक्क रहेको कुमारी हायु बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्