रामेछाप –रामेछाप नगरपालिकाका सिरुवारी र साँघुटारको मतदान स्थलको लागि मतपेटिका बोकेर गइरहेको निसान गाडी रामेछाप नगरपालिका–२ देउरालीमा दुर्घटनामा परेको छ । उक्त दुर्घटनमा ७ १ जनाको घटना स्थलमै मृत्यु भएको र ७ जना घाइते भएको रामेछाप नगरपालिका वडा नम्बर २ वडा अध्यक्ष निरबहादुर श्रेष्ठले जानकारी दिए ।
वडा अध्यक्ष श्रेष्ठका अनुसार दुर्घटनामा परेका घाइतेहरूको उद्धार गरी उपचारका अस्पताल पठाइएको छ । मृत्यु हुनेमा प्रहरी असई रहेको बताइएको छ तर पहिचना भने खुल्न बाँकी रहेको छ ।
गाडीको ब्रेक फेल भइ दुर्घटना भएको बताइएको छ । घटनाको विस्कृत विवतरण आउँन बाँकी छ ।
