Logo

रामेछाप जिल्लामा ९० हजार ७ सय १० मत खस्यो



रामेछाप-बिहिवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछाप जिल्लामा ९० हजार ७ सय १० मत झरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार महिला ४० हजार ८६ र पुरुष मतदाता ५० हजार ६ सय २४ मतदात प्रक्रियामा भएका सहभागि हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले उपलब्ध गराइएको प्रारम्भिक विवरणअनुसार जिल्लामा ४८ प्रतिशत मतदाताले मतदान गरेका छन् । रामेछाप जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि निर्वाचन कार्यालयले जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले दिएको जानकारी अनुसार रामेछाप जिल्लामा मतदान प्रक्रियामा रहभागि भएका महिला मतदाता ४४ प्रतिशत र पुरुष मतदाताको सहभागिता करिब ५२ प्रतिशत रहेको छ । समग्रमा भने ४८ प्रतिशत मतदाताहरु निर्वाचन प्रक्रियामा सहभागि भएको कार्यालयले जनाएको छ ।

मतदान केन्द्रहरूमा वृद्ध, महिला तथा अपाङ्ता भएका मतदातालाई विशेष प्राथमिकता दिइएको थियो । यसका कारण उनीहरूलाई मतदान गर्न सहज भएको स्थानीय अधिकारीहरूले बताएका छन् । कतिपय स्थानमा युवाहरूको सक्रिय सहभागिता पनि देखिएको थियो, जसले निर्वाचनलाई थप उत्साहजनक बनाएको थियो ।

कार्यालयका अनुसार मतदान सम्पन्न भइसकेपछि मतपेटिका सुरक्षित रूपमा संकलन गरी मतगणना केन्द्रतर्फ पठाउने प्रक्रिया जारी रहेको र बिहिवार राति अवेरसम्म मत पेटीका मन्थली मत गणना स्थलमा आइपुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्