
रामेछाप । आर्थिक वर्ष २०८१÷०८२ मा २२५ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको रामेछाप जिल्ला अदालतले शतप्रतिशत रामेछाप जिल्ला अदालते लक्ष्यको शतप्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्षको तीन महिना बाँकी रहँदै लक्ष्यअनुसारकोे शतप्रतिशत मुद्दा फछ्र्यौट भएको रामेछाप जिल्ला अदालतले जनाएको छ ।
अदालते बुधवार जिल्लास्थित पत्रकाहरुसँग भेटघाट कार्यक्रम गरी उक्त कुरा जानकारी दिएको हो । पत्रकार भेटघाट कार्यक्रममा अदालतका श्रेस्तेदार मधुसुदन आचार्यले चालु आर्थिक वर्षको वार्षिक कार्ययोजनाअनुसार लक्ष्य लिएको शतप्रतिशत मुद्दा फछ्र्यौट भएको बताए ।
उनले गत वर्ष जिम्मेवारी सरेर आएको १३१ वटा र यो वर्षको हालसम्म नयाँ दर्ता भएको २४८ गरी ३७९ मुद्दा रहेकोमा हालसम्म २२५ वटा मुद्दा फछ्र्यौट भएको र १५४ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जानकारी दिए । रामेछाप जिल्ला अदालते यो आर्थिक वर्षमा २२५ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा लक्ष्यअनुसार शतप्रतिशत मुद्दा फछ्र्यौट भइसकेको उनले बताए ।
फछ्र्यौट हुन बाँकी मुद्दाहरू मध्ये २०८२ असारसम्म दुई वर्ष कट्ने ६ थान र एक वर्ष कट्ने १८ वटा मुद्दा रहेको पनि उनले बताए । बाँकी रहेका मुद्दाहरूको पनि चाडै फछ्र्यौट गर्नेगरी अदालत लागिपरेको उनको भनाइ छ ।
अन्तिम फैसला भइ रामेछाप जिल्ला अदालत लगत कायम भएका विभिन्न मुद्दाका धेरै प्रतिवादीहरू फरार रहँदा जरिवाना रकम उठान समस्या भइरहेको जिल्ला न्यायाधीश राजेन्द्र नेपालले बताए । अहिलेसम्म अन्तिम फैसला भइ रामेछाप जिल्ला अदालत लगत कायम भएका ५९२ जना प्रतिवादी फरार रहँदा ३५ करोड रुपैयाँभन्दा बढी जरिवाना रकम उठ्न नसकेको न्यायधीश नेपालले जानकारी दिए ।