Logo

सुवेदी कल्याण प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न



रामेछाप- सुवेदी कल्याण प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । मन्थलीको सानीमदौस्थित सार्वजनिक भवनमा सम्पन्न भएको दोस्रो अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको छ । अधिवेशनले दामोदर सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । त्यसैगारी अन्य पदाधिकारीहरुमा उपाध्यक्ष दिपकप्रसाद सुवेदी, सचिव भरतप्रसाद सुवेदी, सहसचिव भोजराज सुवेदी र कोषाध्यक्षमा शान्ता न्यौपाने सुवेदी चयन भएकी छन् । त्यसैगरी कार्यसमितिका अन्य सदस्यहरुमा बद्रीप्रसाद सुवेदी, यज्ञ सुवेदी, तीर्थ सुवेदी, सिता शर्मा सुवेदी, रामकुमार सुवेदी, नानीबाबु सुवेदी, सिर्जना सुवेदी पोखरेल र सागर सुवेदी रहेका छन् ।


अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । जसमा नारायणप्रसाद सुवेदी, ध्रुवप्रसाद सुवेदी, पूर्णबहादुर सुवेदी, शम्भुप्रसाद सुवेदी र तेजप्रसाद सुवेदी (श्याम) रहेका छन् । माधवप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको विशिष्ट अतिथिमा खगेन्द्र सुवेदी रहेका थिए भने अन्य अतिथिहरुमा मुकुन्दराज सुवेदी, गोकर्णप्रसाद सुवेदी, बेदबहादुर सुवेदी र नरहरि सुवेदी रहेका थिए । कार्यक्रमका अतिथिहरुले सुकल्प तथा शुभकामना मन्तब्य व्यक्त गरिएका थिए ।


नारायणप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम दामोदर सुवेदीले सञ्चालन गरेका थिए भने दिपकप्रसाद सुवेदीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सोही अवसरमा सुवेदी बंशावली पुस्तकको विमोचनसमेत गरिएको थियो । उक्त समारोहमा १२० भन्दा बढी सुवेदी बन्दुहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्