Logo

Miss Grand Nepal को मुकुट रामेछापले पहिरिने बलियो सम्भावना



काठमाडौँ–नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शनिवार आयोजना हुनेMiss Grand Nepal 2025 को ग्रान्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको माहोल तातिरहेको बेला रामेछापकी छोरी चाहना प्रधान (Contestant No. 01) ले अत्यन्त सशक्त र प्रभावशाली उपस्थिति जनाउँदै ताज जित्ने प्रबल सम्भावना देखाएको छ ।

सानैदेखि व्यवसायिक सोच, नेतृत्व क्षमता र सौन्दर्य चेतनाप्रति रुचि राख्दै आएकी चाहना प्रधान अहिले आफूलाई राष्ट्रिय स्तरमा प्रमाणित गर्ने अवसरमा पुगेकी छन् । उनले आजसम्मको आफ्नो परिश्रम, प्रतिभा र आत्मविश्वासको उच्चतम प्रदर्शन गर्दै अग्र स्थान बनाउन सफल भएकी छन् ।

उनी भन्छिन् “म यो मञ्चलाई केवल सौन्दर्य प्रतियोगिता होइन, सामाजिक परिवर्तन ल्याउने अवसरको रूपमा हेर्छु । म विश्वास गर्छु – यो ताज मेरो शिरमा आउँछ र त्यसपछि मैले समाजमा अझ सकारात्मक भूमिका खेल्नेछु ।”

भोली शनिबार ९२०८२ साउन ३० हुन लागेको फिनालेमा निर्णायकहरूको नजर, दर्शकहरूको समर्थन र राष्ट्रिय मञ्चमा चाहनाको प्रस्तुति निर्णायक बन्नेछ । उनले प्रस्तुत गर्दै आएको आत्मविश्वास, समाजप्रतिको सोच र व्यक्तित्वलेMiss Grand Nepal को आगामी प्रतिनिधित्व गर्ने सम्भावना उनैमा केन्द्रित रहेको देखिन्छ ।

यदि उनले यो ताज जित्न सफल भइन् भने, रामेछाप मात्र होइन, देशभरिका युवतीका लागि प्रेरणाको पात्र बन्नेछिन् । चाहनाको जितले व्यवसाय, सौन्दर्य र सामाजिक सेवाको सङ्गम कसरी एक व्यक्तिमा संभव छ भन्ने उदाहरण प्रस्तुत गर्नेछ । चाहना प्रधानको सम्भावनालाई साथ र समर्थन दिऔँ – ताज रामेछाप आउछ ।

 

प्रतिक्रिया दिनुहोस्