Logo

सिन्धुलीका कृषकले टिन ठट्टाएर लखेटे सलह किरा



१७ असार, सिन्धुली– सिन्धुलीका कृषकहरुले टिन ठट्टाएर सलह किरा लखटेका छन् । सिन्धुलीको मरिण गाउँपालिकामा आएका सलह किरा फट्यांग्रालाई किसानले टिन ठट्टाएरै लखेटेका हुन् ।
मरिण गाउँपालिका वडा नम्बर १ को कुरिन पाखा, रातमाटा, वडा नम्बर २ को सिर्थौली, थकानडाँडा र रातमाटामा देखा परेका सलह किरालाई किसानले टिन ठट्टाएर र धुवा बालेर लखेटेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।
प्राविधिकसँग सलह किरा नियन्त्रणको उपाएको बारेमा छलफल गर्दा टिन ठट्टाउने, धुवाको मुस्लो बनाउने र ठूलो आवाज आउने यान्त्रीकरण बजाउने सल्लाह दिएपछि कृषकलाई त्यही विधि प्रयोग गर्न लगाएर सलह किरा लखेट्न सफल भएको अध्यक्ष बम्जनको भनाई छ ।
त्यस्तै तीनपाटन गाउँपालिकामा पनि सलह किरा देखापरेको छ । तीनपाटन गाउँपालिका–४ बेल्टार र वडा नम्बर ९ को सालुकेमा पनि देखापरेपछि दुबै वडमा प्राविधिक पठाएर सलह किरा नियन्त्रणको उपाय थलिएको तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले बताए ।
त्यसैगरी कमलामाई नगरपालिकाले भने सलह किरा नियन्त्रणका लागि सलह किरा नै किन्ने भएको छ । भारतको बिहार हुदै नेपाल प्रवेश गरेको सलह किरा शनिबार कमलामाई नगरपालिकाको विभिन्न ठाँउमा देखा परेपछि नगरपालिकाको विपद व्यवस्थापन समितिको आकस्मिक बसेको बैठकले सो निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्