Logo

सिन्धुलीमा घुम्ती शिविरबाट १५ सय नागरिकता जारी



सिन्धुली– सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट १ हजार ५ सयभन्दा बढी नागरिकता जारी गरेको छ । पौष १ गतेबाट ९ दिनेसम्म सञ्चालन गरिएको घुम्ती शिविर मार्फत उक्त सङ्ख्यामा नागरिकता जारी भएको हो ।

नागरिकलाई गाउँ टोलमै सहज सेवा दिने उद्देश्यले सञ्चालन गरिएको शिविरले गाउँपालिकावासीमा स्थानीय सरकारको आभास दिइएको गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले बताए ।

पालिकाको वडा तथा टोलटोलसम्म पुगेर शिविरमार्फत स्वास्थ्य, कृषि, पशु सेवा, सामाजिक सुरक्षा भत्ता लगायत सेवा प्रदान गरिएको हरिहरपुरीगडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले बताए ।

शिविरमार्फत गाउँपालिका भित्रका २ हजार ३४ जना मध्ये ७० प्रतिशत ज्येष्ठ नागरिक, एकल महिला, शारीरिक अस्वस्थता लगायतका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको पञ्जिकरण शाखा प्रमुख मनोराज घिसिङले जानकारी दिए ।

कृषि शाखा प्रमुख प्रवेश देवकोटाकाअनुसार १९० जनाले कृषि सेवा लिएका छन् भने किसान सूचीकरण समेत गरिएको छ । शिविर मार्फत २६६ जनाले पशु सेवा लिएको पशु शाखा प्रमुख विपिन जङ्ग राइले जानकारी दिए ।

गाउँपालिका अन्तर्गतका सामुदायिक स्वास्थ्य इकाई मार्फत स्वास्थ्य सेवा प्रदान गरिएको छ । त्यसैगरी शिविरमा ३८१ जना बालबालिका तथा बृद्धबृद्धाले स्वास्थ्य चाँज गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्