Logo

सुकाजोरमा ५ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा



रामेछाप-  रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरले ५ सयजना वडावासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सयभन्दा बढी घरपरिवारको स्वास्थ्य बिमा वडाले निःशुल्क गरिदिएको वडाअध्यक्ष समीर कार्कीले जानकारी दिए ।

सरकारले हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याउने भने पनि आर्थिक अवस्था कमजोर भएका नागरिकले स्वास्थ्य बिमा गर्न सकेका छैनन् । तर सुकाजोर वडाले वडाका सबै नागरिकलाइ स्वास्थ्य बिमामा आबद्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ । आगामी आर्थिक वर्षसम्म वडाका सबै नागरिक स्वास्थ्य बिमामा आबद्ध हुने वडा अध्यक्ष कार्कीले बताए ।

वडाले टोल अनि बस्तीमै पुगेर नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ । यो वर्ष वडाको पालेवन टोलबाट स्वास्थ्य बिमा गर्ने कार्यक्रम तीव्र रुपमा भइरहेको वडाध्यक्ष कार्कीले बताए ।
आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेको अवस्थामा वडा कार्यालयले नै पैसा तिरिदिएर आफ्नो परिवारको स्वास्थ्य बिमा गरिदिएपछि स्थानीय निके खुसी छन् ।

यस वडाले पशु बिमा, एकघर एक हिलटेक वितरण, किसानलाई निःशुल््क रासायनिक मल वितरण, छात्रावृत्ति वितरण र घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्