रामेछाप- गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाले क्षति पु¥याएका ६ वटा खानेपानी योजनाहरुमा सञ्चालनको लागि नेपाल रेडक्रस सासाइटीले सहयोग गरेकोे छ ।
रामेछापका ६ वटा लिफ्ट खानेपानी आयोजना सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले सहयोग गरेको हो ।
६ वटा लिफ्ट खानेपानी आयोजनाहरू सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले ३० लाख रुपैयाँभन्दा बढीको रकमको निर्माण सामग्री प्रदान प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए ।
गत असोज १०, ११ र १२ गतेको वर्षाले रामेछापमा १५ करोड रुपैयाँभन्दा बढीको खानेपानी आयोजनाहरू क्षति भएका छन् । यसबाट धेरै वस्तीहरूमा खानेपानीको अभाव भएको छ । यही कुरालाई ध्यानमा राखेर बाढी पहिरोले क्षति भएका ६ वटा लिफ्ट खानेपानी सञ्चालनका लागि ३० लाख रुपैयाँको पाइप, पम्प, कन्ट्रोल प्यानल, फिटिङका सामग्री र तार लगायतको सामग्री रेडक्रसले उपलब्ध गराएको छ मन्त्री श्रेष्ठले भने ।
रामेछाप नगरपालिका, खाँडादेवी र सुनापति गाउँपालिकामा रहेका ६ वटा लिफ्ट खानेपानी आयोजनालाई सम्बन्धित गाउँपालिकाको प्राविधिकले बनाएको स्टिमेट र वडाको सिफारिस बमोजिम सामग्री प्रदान गरिएको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठकाअनुसार बाढी पहिरोले क्षति गरेको सुनापति गाउँपालिका–५ लुभु लामपाते लिफ्ट खानेपानी आयोजना, खाँडादेवी गाउँपालिका–३ को सित्खा बजार लिफ्ट खानेपानी आयोजना र वडा नम्बर ४ को पुछिघाट लिफ्ट खानेपानी आयोजनालाई सामग्री प्रदान गरिएको छ ।
त्यसैगरी रामेछाप नगरपालिका–७ को धनेघाटखर्क कालिकुवा खानेपानी लिफ्ट आयोजना, वडा नम्बर ५ को छर्छरे छतिउने लिफ्ट खानेपानी आयोजना र कञ्चन खानेपानी लिफ्ट खानेपानी आयोजनालाई सामग्री प्रदान गरिएको हो ।
रेडक्रस रामेछापले बाढी पहिरोले क्षति गरेका सुनकोसी र तामाकोसीको पानी तान्ने लिफ्ट खानेपानी आयोजनाहरूमा पाइप लगायतका सामग्रीहरू सहयोग गरिएको रेडक्रस रामेछापका सभापति शिव कार्कीले बताए । रामेछाप अति सुख्खाग्रस्त जिल्ला हो । यहाँका धेरै वस्तीहरूमा तामाकोसी र सुनकोसीको पानी लिफ्ट मार्फत तानेर खानेपानी पु¥याइएको छ । उक्त खानेपानी आयोजनाहरु पुनः सञ्चालनका लागि रेडक्रसले सहयोग गरेको उनको भनाइ छ ।
लिफ्ट खानेपानी आयोजनाहरूमा यो वर्षको बाढी पहिरोले ठुलो क्षति प¥याएको क्षति भएका ६ वटा लिफ्ट खानेपानी आयोजनालाई रेडक्रस रामेछापले ३० लाख रुपैयाँ बराबरको सामग्रीहरू प्रदान गरिएको कार्कीले बताए ।
रामेछाप अति सुख्खाग्रस्त जिल्ला भएकाले यहाँका अधिकांश ठाउँहरूमा खानेपानीको समस्या छ । पानीका मुहानहरू सुक्दै गएपछि रामेछापका अधिकांश पालिकाको बस्तीहरूमा तामाकोसी र सुनकोसीको पानी लिफ्ट गरेर उपभोग गरिदै आएकोे छ ।
जिल्लाका विभिन्न स्थानमा लिफ्ट खानेपानी आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् भने केही लिफ्ट खानेपानी आयोजनाहरू निर्माणका लागि योजना बनेका छन् । गत असोजको बाढी पहिरोले लिफ्ट खानेपानी आयोजनाहरूमा क्षति गरेपछि रामेछापका धेरै बस्तीहरूमा खानेपानीको समस्यामा भएको छ ।