हाम्रो अनलाइन न्यूज डटकमका प्रधान सम्पादक श्रेष्ठको महासंघमा स्वतन्त्र उम्मेदवारी

 बिहिबार, चैत्र १९, २०७७ | onlinenews
Share this

रामेछाप– रामेछाप जिल्लाबाट सञ्चालीत हाम्रो अनलाइन न्यूज डटकमका प्रधानसम्पादक सुमित श्रेष्ठले पत्रकार महासंघ रामेछापमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
पत्रकार श्रेष्ठले आफ्ना १४ बुँदे प्रतिबद्धता पत्र सहित नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका लागि अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । यस अघि प्रेस चौतारीले अध्यक्ष पदको लागि सौजन्यप्रसाद सत्यालको उम्मेदवारी घोषणा गरिसकेको छ भने अन्य संघ संगठनहरुमा उम्मेद्वारीको छलफल चलिरहेको बेला पत्रकार सुमित श्रेष्ठले भने जिल्ला अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।
जनता टेलिभिजनको जिल्ला संवाददाता रहेको पत्रकार श्रेष्ठ हाम्रो अनलाइन न्यूज डटकमको सञ्चालक÷प्रधान सम्पादक र पुष्पवृष्टि साप्ताहिकका प्रकाशक हुन् । उनले आपूmले पत्रकारी क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्दै एक पटक भोट दिन अनुरोध गरेका छन् । आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने– मलाई एक भोट दिनस्, म रामेछाप जिल्लाको पत्रकारिता र श्रमजीवि पत्रकारहरुको हितको लागि काम गर्ने छु ।
यसअघि पत्रकार श्रेष्ठले ब्यक्तिगत रुपमा ‘उत्कृष्ट आदिवासी जनाजाति पत्रकारिता वर्ष पुरस्कार’को लागि ५० हजार रुपैयाँको अक्षय कोष समेत स्थापना गरिदिएका छन् ।

पत्रकार श्रेष्ठको चुनावि प्रतिबद्धताहरु

१. रामेछाप जिल्लाबाट सञ्चालित मिडियाको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन वितरणमा जिल्लाका ८ वटै स्थानीय सरकारहरूसँग समन्वय गरिनेछ र आवश्यक परेमा दबाव समेत दिइनेछ । श्रमजीवि पत्रकारको सुरक्षा र पेशागत प्रवद्र्धनका लागि आवश्यक काम गरिनेछ ।
२. राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने जिल्लाभित्रका स्थानीय सरकार तथा सरकारी कार्यालयहरूको सार्वजनिक विज्ञापन, बोलपत्र, ठेक्का सूचना लगायतका सामग्रीहरू जिल्लाबाट राष्ट्रिय छापा मिडियामा कार्यरत संवाददाताहरू मार्फत उपलब्ध गराउने गरी कडाईपूर्वक पहल गरिने छ ।
३. स्थानीय सरकारले सञ्चार माध्यममा गर्ने कुनैपनि विषयमा लक्षित खर्च, पहूँच र प्रभावको आधारमा नभई सबै सञ्चार माध्यमहरूलाई समानुपातिक रूपमा वितरणको लागि पहल गरिनेछ ।
४. स्थानीय सरकारहरूले सूचना तथा सञ्चारमा गर्ने खर्च जिल्ला बाहिरका नामनै नसुनेका र जिल्ला भित्रै निष्कृय अवस्थामा रहेका मिडियामा खर्च गरेको अवस्था छ, सो प्रकृयाको अन्त्य गर्नका लागि स्थानीय सरकारहरूले स्थानीय मिडियालाई नै उक्त कार्य सुम्पने र भुक्तानी पनि स्थानीय मिडियालाई दिने व्यवस्थाको लागि पहल गरिनेछ ।
५. जिल्लामा सञ्चालित रेडियो, पत्रिका र अनलाइन सञ्चार माध्यमहरूको आर्थिक विकास र प्रवद्र्धनको लागि पत्रकार महासङ्घ रामेछापको अगुवाइमा आन्तरिक कार्ययोजना बनाई तुरून्तै लागु गरिनेछ ।
६. जिल्लाका विभिन्न सञ्चार मध्यमहरूमा कार्यरत पत्रकारहरूलाई प्रत्येक २÷२ महिनामा कम्तीमा एकपटक पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि समूहगत फिल्ड रिपोटिङ्ग भ्रमणमा लगिनेछ ।
७. जिल्लामा रहि निरन्तर पत्रकारितामा सङ्लग्न पत्रकार लक्षित उत्कृष्ट वार्षिक पत्रकारिता पुरस्कारको व्यवस्था गरिने छ ।
८. श्रमजीवि पत्रकारको सुरक्षा र स्थानीय मिडियाको विकासका लागि देशका तीनै तहका सरकारहरूसँग आवश्यक समन्वय र पहल गरिने छ ।
९. जिल्ला भित्र रहेका रेडियो, पत्रिका र अनलाइनमा कार्यरत प्राविधिकहरूका लागि प्राविधिक तालिम, समाचार डेस्कमा काम गर्ने र रिपोर्टरहरूका लागि लेखन तथा सम्पादन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
१०. अनलाइन सञ्चार माध्यमहरू सञ्चालक लक्षित लेखा, व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
११. जिल्लामा रहेका पत्रकारहरूका लागि मिडिया कानुन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
१२. जिल्लामा क्रियाशील सञ्चार संस्थाहरूका लागि आवश्यक पर्ने न्यूनतम प्राविधिक उपकरणहरूको व्यवस्थाका लागि तीनै तहका सरकारहरूसँग सार्थक समन्वय र पहल गरिनेछ ।
१३. जिल्लामा सञ्चालित सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारहरूको आर्थिक समृद्धिलाई टेवा पु¥याउन ‘पत्रकार सहकारी
कोष’ को स्थापनाको कार्ययोजना बनाई लागु गरिनेछ ।
१४. खोजमूलक समाचार लेखन कार्यलाई प्रोत्साहन गर्नका लागि मासिक रू. ५,०००÷– राशीको ‘उत्कृष्ट खोजमूलक फिल्ड
रिपोर्टिङ समाचार पुरस्कार’ प्रदानका लागि समेत कार्ययोजना बनाइनेछ ।

Share this

प्रतिकृया

Add